निशा र प्रतिष्ठा बने बालिका स्टार

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–१६ स्थित शारदा बालिका नमुना मा.बि.मा रहेको ज्योतिपुन्ज बाल क्लबले सोमबार आयोजना गरेको १६ नम्बर वडा ब्यापि बालिका स्टार, सिजन–२ को गायनतर्फ निशा तामाङ र नृत्य तर्फ प्रतिष्ठा राई प्रथम बनेका छन् ।

बिद्यालय परिषरमा भएको प्रतियोगीतामा गायन तर्फ सियोन स्कुलकी छात्रा सजिना राई दोश्रो भईन भने सोनिया मुर्मु तेश्रो भईन । यता नृत्य तर्फ अनिसा थापा मगर र निर्मा राई क्रमशः दोश्रो र तेश्रो भए । बालिका स्टारकै अवसरमा भएको कविता प्रतियोगीतामा अनुस्का राई पहिलो भईन । सृष्टि लुइटेल र सोनिया राई क्रमशः दोश्रो र तेश्रो भए । त्यस्तै लघु कथा वाचन प्रतियोगीतामा तुलसा राई पहिलो भईन । सन्ध्या राई र रेजिना लामिछाने क्रमशः दोश्रो र तेश्रो भए । प्रतियोगीतामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राई, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशब श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष कुमार बाजे आङ्बुहाङ लगायतले ट्रफी र प्रमाण–पत्र प्रदान गरे ।

275526910_165219899194580_4312722674248643027_n 275463536_165219535861283_611077074620374477_n 275442165_165219612527942_1381928054907757068_n 275792222_165219485861288_718570276545068921_n

गायनतर्फको निर्णायकमा गायक एबम पुर्वाञ्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष भक्तिराज राई र गायक दिपेस राई थिए । नृत्यतर्फको निर्णायकमा नृत्य प्रशिक्षक रेसु धमला र जीना राई थिए । त्यस्तै कविता र लघु कथा वाचनको निर्णायकमा बिद्यालयका शिक्षिकाद्वय तारा बराल र गङ्गा वन थिए । प्रतियोगीतामा १६ नम्बर वडामा रहेका सियोन स्कुल, चन्द्र सन्स्कृत मा.बि., भगवति आधारभुत बिद्यालय र शारदा बालिका गरि ४ वटा बिद्यालयले सहभागीता रहेको बिद्यालयका प्रधानाध्यापक राईले जानकारी दिए ।

प्रतियोगीतामा गायनतर्फ १९ जना, नृत्य तर्फ १३ जना, कविता वाचनमा ११ जना र लघु कथा वाचनमा ९ जना सहभागी भएको आयोजकले सहभागिता जनाएका थिए ।
यसै अवसरमा बिद्यार्थीहरुको गायन प्रतिभा उजागर गर्न योगदान पुर्याए बापत गायक एबम संगितकार भिषन अधिकारीलाई सम्मान गरिएको छ । त्यसै गरि अभिभावक तर्फ छात्रा तुलसा राईको अभिभावक भेष कुमारी राईलाई पनि सम्मान गरिएको छ ।

गायतर्फका बिजेता निशा तामाङ्लाई पुर्वाञ्चल सिङ्गिङ स्टार सिजन–९ को उत्कृष्ट–२० मा सिधै प्रबेस गराईने निर्णायक पुर्वान्चल बागिना कलाकेन्द्रका अध्यक्ष भक्तिराज राईले घोषणा गरे ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved