सामुदायिक विद्यालयमा भिटामिन ‘डी’ को खोप लगाइने

  • फागुन १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा रहेका सामुदायिक विद्यालयमा रहेका कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिड ‘डी’ खोप लगाइने भएको छ । स्वास्थ्य क्षेत्रमा गरिब तथा असहायको पहिचान गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर रोटरी क्लब धरान घोपाले धरानभित्र रहेका ४९ सामुदायिक विद्यालयका १२ हजार विद्यार्थीलाई भिटामिन डी को खोप लगाइने आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

आयोजक रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष तुलसीप्रसाद वस्तीले भिटामिन डी को कमीले धेरै रोगहरु लाग्ने भएपनि भिटामिन शरीरलाई चाहने भन्ने ज्ञान नभएकैले निजी विद्यालय तथा अभिभावकसँग सहल्लाह गरेर भिटामिन डीको खोप सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘हामीले सामुदायिक विद्यालयलाई नै प्राथमिकतामा राखेर भिटामीन डी खोप कार्यक्रमको आयोजना गर्नुको प्रमुख कारण सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी आर्थिक विपन्नता भएका र उनीहरुको स्वास्थ्य पहुच नपुग्ने भएकोले पनि हो । ’उनले धरानमा रहेका सामुदायिक विद्यालयका सम्पूर्णलाई खोप लगाउन नसकेपनि ७५ प्रतिशत अर्थात ९ हजार डोज खोप दिने लक्ष्य क्लबले लिएको बताए । उनले भने, ‘भारतको एक कम्पनीसँग हामीले भिडामिन डि मगाएका हौ, वीरगञ्जमा अहिले २ हजार भिटानि डी आइसकेको, अन्य आउने क्रम जारी छ, शायद आउदो बुधबार वा विहीबारबाट हामी खोप सञ्चालन गछौ्र्र ।’

भिटामिन डी खोप कार्यक्रमका संयोजक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजार्नी विभागका प्रमुख प्रा.डा. विक्रम श्रेष्ठले नेपाल र भारतमा गरेको सर्वेक्षण ४० देखि ९० प्रतिशतलाई भिडामिन डी को कमी भएको बताए । उनले विकासोन्मुख देखमा देशमा बढी विटामिड डी कमी भएको सर्वेक्षणमा पाइएकोले यसमा नेपाल पनि पर्ने बताए । उनले भने, ‘गरिबी तथा असहाय उपचारको पहुँच नभएकाहरुलाई त अझ धेरै भिटामिन डीको कमी भएको पाइएको र यस्ता समुदायको अभिभावकले सामुदायिक विद्यालयमै आफ्ना बालबच्चालाई पढाउने गरेका कारण पनि पहिलो पटक हामीले सामुदायिक विद्यालयलाई लक्षित गरेका हौ ।’ उनले भिटामिन डी को कमीका कारण हृदयघाछ, वक्षको क्यान्सर, आन्द्राको क्यान्सर, मधुमेह, उच्च रक्तचापका साथै हड्डीसम्बन्धी तथा मानसिक रोगसम्बन्धी समस्या अधिक देखिएकाले मानिसको शरीरमा भिटामिन डी अत्यावश्यक रहेको बताए ।

उनले भने, ‘भिटामिन डीले धेरै रोगहरुको समस्या समाधान हुन्छ ।’ सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी खोप आयोजना गर्न लागे पनि १० कक्षाभन्दा माथि र विद्यालयका शिक्षक तथा कर्मचारीलाई एक रुपैया लिएर खोप लगाइने बताए ।

उनले भने्, ‘एक डोजको ७० रुपैया जति पर्छ, १० कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खोप लगाउछौ, बाकीलाई हामी १ सय लिएर लगाइदिन्छौ । उनले घामबाट पनि भिटामीन डि पाउने भएपनि घामको साइड इफेक्स भएकोले धेरै घाममा बस्दा छालासम्बन्धी रोगको समस्या आउने बताए । उनले भने–‘घाममा बस्नुभन्दा खानपिन र भिटामिन डीको औषधि र खोप लगाउनु नै लाभदायक हुन्छ ।’ खोप आयोजना गर्दा ६ लाख भन्दा बढी खर्च लाग्ने अध्यक्ष वस्तीले जानकारी दिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved