मनमोहन प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ विषयको स्नातक तहमा पढाइ हुने

  • फागुन ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आगामी बैसाखदेखी ईन्जिनियरिङ बिषयमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटीयू) ले २०७९ बैसाखदेखी ईन्जिनियरिङतर्फ रेल्बे , रोपवे (केवलकार) पानी जहाज र लजिष्टिक लगायत बिषयमा स्नातक तहको पहिलो ब्याचको पढाई सुरु गर्ने भएको हो ।

बैसाखदेखी स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आबेदन खुला गरेको प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेले जानकारी दिए । उनका अनुसार पहिलो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्षे ईन्जिनियरिङ बिषयमा सिभिलतर्फ २४ जना र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सतर्फ २४ जना गरि जम्मा ४८ जना बिद्यार्थीहरु भर्ना हुनेछन् ।

३ फागुनदेखी एक महिना सम्म भर्ना आबेदन खुला
भर्नाका लागि यही ३ फागुनदेखी एक महिना सम्म प्रबेश परीक्षाका लागि आबेदन खुला भएको र देश बिदेशका ईच्छुक बिद्यार्थीले आवेदन गर्न सक्ने उपकुलती पोखरेलले बताए ।
स्नातक तहको ईन्जिनियरिङ संकायमा रेल्बे , रोपबे र पानी जहाज, भौतिक पुर्बाधार निर्माणदेखी स्वदेशी उद्योगहरुलाई आवश्यक पर्ने सुहाउँदो जनशक्त्ति उत्पादन गराउने विभिन्न बिषयमा पठनपाठन गरिने एमटियुका डिन डा प्रचण्डमान प्रधानले जानकारी गराए । डिन प्रधानका अनुसार स्नातक तहको ईन्जिनियरिङ बिषय पठनपाठनका लागि आधुनिक ल्याब सहित सबै भौतिक पुर्वाधार र आवश्यक जनशक्त्ति तयार भैसकेको छ ।

नेपाली बिद्यार्थीलाई ६ लाख विदेशीलाई साढे ८ लाख
रजिष्ट्रार दिननाथ फुँयालका अनुसार स्नातक तहको चार बर्षे सिभिल ईन्जिनियरिङ कोर्ष पढन साधारण नेपाली बिद्यार्थीले ५ लाख ८० हजार विदेशी बिद्यार्थीले ८ लाख ५० हजार र प्रयोजित बिद्यार्थीका लागि ७ लाख १५ हजार रुपैया शुल्क निर्धारण गरिएको छ । भर्ना भएका बिद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल वापत १० हजार रुपैया धरौटी राख्नुपर्ने छ ।

महिला , दलित , स्थानिय र घाइते अपाङगलाई कोटा 

एमटियुले ईन्जिनियरिंङ बिषयको पहिलो सत्रदेखी नै ४८ जना बिद्यार्थी मध्ये जम्मा १० जना बिद्यार्थीलाई विभिन्न छात्रबृत्ती दिनेछ । यसैगरि भर्नाका लागि दलित, आदिबासी जनजाती , स्थानिय , महिला , घाइते अपाङ सहित २७ जना बिद्यार्थीका लागि कोटा छुटयाएको छ । २१ जना बिद्यार्थीहरुले चाँही खुल्लाबाट भर्ना गरिनेछन् ।

मन्त्रालयमा फायल अडकिँदा शैक्षिक सत्र सुरु गर्न ढिलाई
संघीय सरकारको मन्त्रीपरिषदले स्विकृती दिन ढिलाई गर्दा देशकै पहिलो प्राबिधिक विश्वविद्यालयको पहिलो शैक्षिक सत्रको बिद्यार्थी भर्ना प्रकृया ६ महिनापछि मात्र सुरु भएको हो । ईन्जिनियरिङ काउसिन्सले अध्यन गरेर सिफारिसका लागि पठाएको फाइल पाँच महिना सम्म भौतिक योजना मन्त्रालयमा रोकिएर बसको थियो । भौतिक मन्त्रालयले ढिलो गरि पढाएको स्विकृतीको फाईल गत माघमा मन्त्री परिषदले स्विकृत गरेको थियो ।

प्रदेश सरकारसँग बजेट र छात्रबृत्ती दिन माग
देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले गरिब , दलित , र जेहेन्दार घाइते आपाङ बिद्यार्थीहरुका लागि छात्रबृत्तीको व्यवस्था गर्न र पर्याप्ट बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको छ । उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार पहिलो शैक्षिक सत्रदेखी नै एमटियुले आपनै श्रोतबाट बिद्यार्थीलाई १० प्रतिशत छात्रबृत्ती दिने भएको छ । उपकुलपति पोखरेलले भने , ‘हाम्रो श्रोत नभएकोले आपेक्षा अनुसार छात्रबृत्ती दिन सकेनौ प्रदेश सरकारले दिएमा धेरै भन्दा धेरै गरिब र सिमान्तकृत समुदायका बिद्यार्थीहरुलाई निशुल्क पढाउन सक्ने थियौ ।’,

यसैगरि देशकै पहिलो प्राबिधिक विश्वबिद्याल मनमोहनले स्थापनादेखी नै आर्थिक समस्या झेल्नुपरेको छ । पर्याप्ट बजेट नहुँदा मेडिकल लगायतका अन्य संकायतर्फको पठनपाठन सुरु गर्न समस्या भएको छ । चालु बर्ष ४५ करोड माग गरेकोमा प्रदेश १ सरकारले ५ करोड मात्र बजेट बिनियोजन गर्दा कार्य सञ्चालनमा धेरै समस्या भएको उपकुलपति पोखरेलले बताए । उनका अनुसार एमटियुले प्रदेश सरकारले बर्षैनी कम्तीमा ३० करोड बजेट बिनियोजन गरिदिए आवश्यक पुर्वाधार तयार गरेर सबै बिषयको शैक्षिक सत्र सञ्चालन गर्न सहज हुनेथियो ।

मेडिकल तर्फको शैक्षिक सत्र सुरु गर्न अझै समस्या
एमटीयुले मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्विकृत पनि गराइसकेको छ । तर स्वास्थ्य शिक्षा ऐन अनुसार स्नातक तहमा७५ प्रतिशत र स्नातोकोत्तर तहमा सत प्रतिशत बिद्यार्थीलाई छात्रबृत्तीमा पढाउनु पर्ने कानुनी व्यवस्था भएकोले शैक्षिक सत्र सुरु गर्न कठिनाई भैरहेको छ । एमटियुको त्यत्तिधेरै बिद्यार्थीलाई एक्लैले छात्रबृत्ती दिने क्षमता नभएकोले प्रदेश सरकारलाई आग्रह गरेपनि स्विकृत नभएको उपकुलपति डा सुभाषश्री पोखरेले बताए ।उपकुलपति डा सुभाषश्रीले भने , ‘ हामी पठायक्रम र पुर्वाधार तयार गरेर बसेका छौ तर प्रदेश सरकारको पत्र नपाउँदा मेडिकल काउन्सिललाई पढाई सुरु गर्ने स्विकृती दिन बाधा परिरहेको छ ।‘

दश बर्षमा २८ बिषयमा पढाइ गराउने र दक्षिण एसियामा चिनाउने योजना
देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखी पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति डा सुभाषश्रीका अनुसार आगामी पाँच बर्ष भित्र एमटीयू दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमश आईटी, पारामेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड मेनेजमेन्ट लगायतका बिषयमा १५ सय बढी बिद्यार्थीहरुलाई स्नातकदेखी स्नातोकोत्तर तहसम्म पठनपाठन गराउने छ । यसैगरि सन २०८३ देखी २०८७ सम्म बायोमेडिकल , अटोमोवाइल , एग्रिकल्चर , फरेष्ट्री, अप्टोमेट्री , होटल मेनेजमेन्ट , ट्रान्सपोटेसन , टनेल लगायतका बिषयमा स्नातोकोत्तर सम्म र ५ वटा बिषयमा पिएचडी सम्मको कक्षा सञ्चलान गर्नेछ । देशमा सञ्चान भएका उद्योग व्यवसाय सुहाउँदो जनशक्त्ति उत्पादन गरेर बिदेशी जनशक्त्तिको अयात घटाउने लक्ष्य एमटियुको छ ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved