धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्रमणबाट बच्नकै लागि सर्वसाधारणको उल्लेख्य उपस्थिति रहयो, दोस्रो मात्राको खोप पनि हामी चाडै सञ्चालन गर्छौ ’ ।
पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरूलाई दोस्रो मात्रा कोरोना विरुद्धको कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाउने तयारी भइरहेको उनले बताए ।