जनजीवन अस्त व्यस्त "स्थायी पार्किङको माग, स्थानीय सरकार वेवास्ता"

  • माघ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ६ वर्ष अघि देखि धरान पानवारी अटो व्यवसायीले स्थानीय सरकार धरान उपमहानगरलाई पटक पटक व्यवस्थित र स्थायी पार्किङको माग गरे पनि सुनुवाई नगरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन् ।

व्यवसायी र मजदुरलाई धरानमा व्यवस्थित स्टेन नहँुदा उनीहरुलाई समस्या परेको छ । धरान २ स्थित माछाभौडीको दोभान लाइनमा झण्डै १४ फुटको अत्यन्तै साँगुरो गल्लीमा दैनिक ७० वटा अटोहरु पालोमा वस्छन्, त्यहीँ गल्लीबाट अटोले यात्रु धरान पानवारी ओसार पसार गर्ने गरेका छन् । दोभान लाइन पैदलयात्री र अन्य सवारी साधान आवात–जावात गर्ने अत्यन्तै व्यस्त गल्ली पनि हो । वजारको चाप दिनानु दिन वढ्दै गइरहेको वेला फेरी धरान पानवारीको अटो स्टेन पनि थपिएर जनजीवन अस्तव्यस्त वनाएको दोभानलाइनका स्थानीयवासीले दुखेसो गरेको छन् ।

स्थानीयका अनुसार साँघुरो गल्लीकै कारण सवारी दुर्घटना समेत वढी हुने संभावना भएको छ । पैदल यात्री तथा सवारी साधान अनि अटो स्टेनकै कारण दुर्घटना वढ्ने संभावना भएको पैदल यात्री मुकेश श्रेष्ठले वताए । उनले भने, “हामी पैदलयात्री आवात जावत गर्दा साह्रै कठिन भयो, त्यसैले यात्रुका लागि संवन्धित निकायले समस्या समाधान गर्ने तर्फ चाँडै योजना बनाए राम्रो हुन्थ्यो ।’

धरान पानावारी आवात जावात गर्ने अटोहरु झण्डै १ सय भन्दा वढी संचालित रहेका छन् । कम्पनी ऐन अन्र्तगत २ वटा प्रालीद्धारा अटोहरु संचालित रहेका छन् । २०७३ सालदेखि धरान पानवारीमा अटो सन्चालन भएको हो । अटो व्यवसायी तथा चालकहरु स्थानीय युवाहरु नै रहेका छन् भने अधिकाँस आफ्नै गाउँ ठाउँमा केही गरौ स्वरोजागार वनौ भन्ने उद्धेश्यले व्यवसायी वनेका छन् । उनीहरु वैदेशिक रोजगारबाट आएर अटो सन्चालन गर्दै आइरहेका छन् । धरान पानवारी यातायात प्रा.ली. र सेरा यातायात प्रा.ली. गरेर २ वटा कम्पनी मार्फत अटो संचालनमा छन् ।

अटो चालक बलराम परियारले धरानमा व्यवस्थित पार्किङ स्टेन नहँुदा समस्या भएको बताउँदै संवन्धित निकायको स्थानीय सरकारले आफुहरुको माग सुनुवाई नगरेको भन्दै दुखेसो गरेको छन् । उनले भने, “सरकारलाई हामी दोहोरो तेहोरो कर वुझाइरहेका छौ, तर हाम्रो पीर मर्का र समस्या प्रति स्थानीय सरकार उदासिन देखिएको छ ।’

अर्का अटो चालक शुक्रराज विश्वकर्मा पनि स्टेनको अभावमा स्थानीयसँगको मेलोमतोमा साँघुरो गल्लीमा नै पार्किङ गर्नु पर्ने वाध्यताले कठिन भएको वताउँछन । दैनिक ७० वटा भन्दा वढी अटो पालोमा राखेर कुर्नु पर्छ, ठाउँ हुदैन अनि जहा खाली छ, त्यहाँ अटो राख्नु पर्ने वाध्यताले दुख पाउने गरेको विश्वकर्माले वताएका छन् । पानवारीका टंक लुंगेलीले तत्कालिन हाम्रो समस्याको दीर्घकालिन समस्या नभएपनि अस्थायी रुपमा भएपनि दोश्रो अटो स्टेन अटो व्यवसायीलाई उपलव्ध गराए केही सहज हुने वताउँछन् । उनले भने “हो समस्या त छ, तर हामी विस्थापित हुनु भएन, त्यसैले अहिले स्टेनसँगै भानुचौकमा पनि अर्को वैकल्पिक स्टेन भए केही मात्रमा सहज हुने थियो ।’

उनले पेट्रोल मुल्य वृद्धि सरकारलाई वझुाउनु पर्ने कर लगायतको समस्याले व्यवसायीले भाडा वढाएको आरोप समेत लागेको समेत वताए । हाल पानवारी धरानको अटो भाडा ८० रुपैयाँ कायम छ, यसको पनि व्यवसायीलाई मनोमानी शुल्क वढाएको आरोप लागेको छ । धरान पानवारी यातायात प्रा.ली.का सचिव गोपाल लोहारले अटो व्यवसायी र मजदुरको समस्या दिनानु दिन जटिल वन्दै गएको तर संवन्धित निकायाले वेवास्ता गरेको कारण व्यवसाय नै संकटमा परेको वताए । उनले भने, “धरान उपमहानगरका जनप्रतिनिधीलाई पटक पटक–पटक समस्या लिएर गयौं तर अहिले सम्म निकास निस्कन सकेन, त्यसैले हामीले दुनियाँ गाली गलौज र अपशव्द समेत भाग्दै व्यवसाय गरिरहेका छौ, नियम पुर्वक व्यवसाय सन्चालन गरेको छौ, हाम्रो आग्रह हो, हामीलाई व्यवस्थित पार्किङ स्थलको मागलाई चाँडो पुरा गरियोस् ।’ उनका अनुसार कर मात्रै पार्किङ शुल्क भनेर दैनिक ४० रुपैया र बार्षिक वुझाएको खण्डमा १३ सय रुपैयाँ तिर्ने गरेका छन् । सेरा यातायात प्रालीका अध्यक्ष सुरेन्द्र कुँवरले भने, ‘हामीलाई स्थानीयले जव सम्म त्यहाँ पार्किङ गर्न दिन्छन्, तव सम्म मात्रै गरि खान पाउँछौं, त्यसपछि विस्थापित हुने पर्ने अवस्था रहेको छ ।’

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved