न्युयोर्कमा चलचित्र निर्देशक दिपक श्रेष्ठ सम्मानित

  • पुस १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाली चलचित्र क्षेत्रका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ ।
छोटो समयका लागि अमेरिका पुगेका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको निर्देशन गरिसकेका छन् । लामो समयको अन्तरालपछि उनले घिन्ताङ नामक अन्तरजातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी दिए ।

कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको थियो । निर्देशक श्रेष्ठले जिम्मेवारी स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिए ।

श्रेष्ठले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेर पनि नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए ।
ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गरेका थिए भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गरेका थिए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved