आयुर्वेदिक औषधालयमा सुधारको अपेक्षा

  • मंसिर ५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

निकै लामो सङ्घर्ष र हजारौँ नागरिकहरू बलिदान र उत्सर्गबाट देशमा राजनीतिक परिवर्तन भएको छ । नागरिकहरूलाई अधिकार सम्पन्न बनाउँदै सहज रूपमा सेवा प्रवाह गर्न तीन तहका सरकारहरू छन् तर नागरिकहरू दुःख र कष्टमा कुनै परिवर्तन आएको छैन । राजनीतिक व्यवस्थामा परिवर्तन भए पनि नागरिकहरूले प्राप्त गर्ने सेवा र सुविधा भने अभैm पनि उस्तै छन् । यो परिवर्तन ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ जस्तै भएको छ ।

धरानको आयुर्वेदिक औषधालय पनि यसैको एउटा उदाहरण हो । केन्द्रीय सरकारको मातहतमा रहेको यो औषधालय अहिले स्थानीय सरकारको मातहतमा आएको छ तर यसको सेवामा सुधार हुन नसकेको समाचार आएको छ । सरकारले आयुर्वेदिक चिकित्सा प्रणालीलाई सर्वसाधारणसम्म पु¥याउने लक्ष्य लिएको छ । यसै लक्ष्यलाई मूर्त रूप दिन सरकारले धरान–१५ को निराजन वस्तीमा औषधालय स्थापना गरेको थियो । आयुर्वेदिक उपचारमा सर्वसाधारणको पहँुच स्थापना गर्ने उद्देश्यले यो औषधालय सञ्चालन गरिएको हो । यो औषधलाय धरान उपमहानगरपालिकाको मातहतमा आएपछि धरान आयुर्वेदिक औषधालय नामकरण भएको छ । अहिले यसमा सामान्य परिवर्तन गरिए पनि पूर्ण रूपमा सुधार हुन नसकेको बताइएको छ । यहाँ ग्यास्ट्रिक, अल्सर, रुघाखोकीलगायत विभिन्न रोगका बिरामीलाई आयुर्वेदिक औषधि निःशुल्क रूपमा वितरण गर्ने गरिएको छ ।

औषधालयमा पर्याप्त औषधि छैनन् । धेरैजसो समय औषधालय बन्द नै हुने र खुल्ला भए पनि कार्यालय सहयोगीले औषधालय सञ्चालन गर्ने गरेको स्थानीयको दुखेसो समाचारमा उल्लेख छ । पहिलेको तुलनामा सामान्य सुधार भए पनि अपेक्षित सुधार नहुँदा सरकारको लगानीबाट अपेक्षित परिणाम आउन सकेको छैन । यो विडम्बनाकै विषय हो । स्थानीय सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
आयुर्वेद पूर्वीय सभ्यताको परम्परागत चिकित्सा पद्धति हो । यसको कुनै सहायक असर (साइड इफेक्ट) हुँदैन । आयुर्वेदिक औषधिहरू जडीबुटीको प्रयोगबाट बनाइने भएकाले यसको समुचित प्रयोगबाट रोगको दीर्घकालीन उपचार हुने विज्ञहरू बताउँछन् । त्यस कारण सरकारले यसको महŒवलाई सर्वसाधारणसम्म पु¥याउनुपर्छ । यसका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । औषधालय सञ्चालनबाट मात्र अपेक्षित लक्ष्य प्राप्त नहुने निर्विवाद छ । यसको महŒव बुझेर सर्वसाधारणले यसको प्रयोग गर्न नथालेसम्म उद्देश्य पूरा हुँदैन ।

त्यसर्थ, सरकारले आयुर्वेदिक उपचार पद्धति र औषधिको महŒवबारे प्रचार–प्रसारमा जोड दिँदै औषधालयलाई सुविधा सम्पन्न बनाउने दिशामा पनि ठोस पहल गर्नुपर्छ । यसका साथै पर्याप्त औषधिको उपलब्धता पनि आवश्यक छ । सर्वसाधारणमा आयुर्वेदप्रति विश्वास जगाउने किसिमका कार्यक्रमहरूमार्पmत् यसप्रति आकर्षण बढाउन सकिएमा मात्र लगानी सदुपयोग हुने निश्चित छ । यसतर्पm स्थानीय सरकारको यान जानु आवश्यक छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधालयको अवस्था सन्तोषजनक नहुँदा पनि सरोकारवाला निकाय गम्भीर नदेखिनु चिन्ताको विषय हो ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved