इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने

  • मंसिर ३, २०७८
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ ।

आगामी मंसिर १८ र १९ गते दुई दिवशीय सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरुको उपस्थिति रहने भएको छ । साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइराला लगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो ।

यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्यटनमा मद्दत पुग्ने विश्वास लिइएको छ । सम्मेनलनमा कार्यपत्रहरु प्रस्तुति, पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीय स्थलहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु हुनेछन् ।
इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ । भौतिक उपलब्धिमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सास्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ । यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन सरोकार समितिमार्फत काम गर्दै आएको छ ।

इलाम अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । सम्मेलनमा सहभागी स्रष्टाहरुले सम्मेलनको अवसरमा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण पनि गर्नेछन । यस सम्मेलन मार्फत इलामको पर्यटन र साहित्यको अझ प्रचार हुने पनि विश्वास लिइएको छ ।

साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको साँस्कृतिक सङग्रहालयको व्यवस्थापन र संचालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण, चर्चित साहित्यकार विष्णु नविनको अप्रकाशित तीन कृतिहरुको प्रकाशन, वरिष्ठ इतिहासविद एवं लेखक प्रा. युद्धप्रसाद बैद्यको “इलाम इतिहास र विकास” कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरु सम्पन्न गर्दै
आएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved