ओखलढुंगामा सवारी दुर्घटना ४ जनाको मृत्यु १२ जना घाईते

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved