लञ्च कटौति गरेको प्रति चिकित्सकको आपत्ति

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर गुगल

धरान/ अस्पतालले बर्षौदेखि उपलब्ध गराएको सुविधा कटौति गरेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल निर्देशकलाई ध्यानाकर्षण गराएका छन् ।
प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले अस्पतालले ओटी काम गर्दा बर्षौदेखि उपलब्ध गराउदै आएको खाजा खर्च कटौती गरेकोमा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो ।
समाजका अध्यक्ष डा. अरुणकुमार सिह र उपाध्यक्ष डा. लोकेसकुमार जैसवालद्वारा हस्ताक्षरित पत्र प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहलाई बुझाएका छन् ।
पत्रमा अस्पतालले बर्षौदेखि उपलब्ध गराउदै आएको लञ्चको सुविधा खर्च कटौतिको नाममा उचित व्यवस्थापन नगरिकन दुरासाय तरिकाले बन्द गरेकोले ओटीमा कार्यरत चिकित्सक तथा स्टाफहरु प्रत्यक्ष रुपमा मारमा परेको उल्लेख गरेका छन् । उनीहरुले खानेपानीको समस्या हुँदा ओटी सञ्चालन गर्न कठिनाई भएको समेत जनाएका छन् । समाजले पहिलाकै जस्तै खाजा खर्चलाई निरन्तता दिदै सम्बन्धित पक्षसँग छलफल गरेर विकल्प खोज्नुपर्ने सुझाव पत्रमा दिएका छन् ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved