जसले आफ्नो पूरा जीवन क्वारेन्टिनमा बिताए

  • कार्तिक २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मानव दुनियाँले देखेको जुनसुकै महामारीले मानिसलाई क्वारेन्टिन वा आइसोलेनमा बस्न बाध्य बनाएको छ। रोगको फैलावटलाई कम गर्न र भाइरसको खतराबाट आफूलाई सुरक्षित राख्नका लागि मानिसहरू क्वारेन्टिन बस्ने गर्छन्। कोभिड १९ का दौरान हामी सबैले यो प्रयोग कुनै न कुनै तरिकाले गर्‍यौँ। तर कल्पना गर्नुहोस् त, तपाईं कुनै त्यस्तो दुर्लभ कारणले पूरा जीवनभर क्यारेन्टिन बस्नुपर्ने छ र तपाईं त्यसबाट बाहिर निक्लिने बित्तिकै तपाईंको मृत्यु हुने निश्चित छ। सायदै तपाईं यो कुराको कल्पना पनि गर्न सक्नु हुन्न। तर एक अमेरिकी बालकले आफ्नो पूरै जीवन एउटा प्लास्टिकको थैलोभित्र बिताए।

एउटा दुर्लभ अवस्थाका कारण जीवनभरि प्लास्टिकको थैलोमा बस्न बाध्य बालक हुन्, डेभिड भिटर। उनलाई ‘बबल ब्वाय’ भनेर समेत चिनिन्थ्यो। उनी सिभर कम्बाइन्ड इम्युनोडेफिसिएन्सी९एससिआइडी० बाट ग्रसित थिए। यो एउटा यस्तो दुर्लभ अवस्था हो, यो अवस्थामा पुगेको मानिसमा प्रतिरक्षा प्रणाली हुँदैन।

5-1

डेभिडको शरीरले साधारण फ्लुको पनि सामना गर्न सक्दैन थियो। त्यसकारण उनको शरीरमा सधैँ उच्च खतरा हुन्थ्यो। खासगरी किटाणु बोकेर उनको वरिपरि आउने मानिसहरूबाट उनलाई खतरा थियो। साधारण मानिसलाई भने प्रतिरक्षा प्रणालीका कारण त्यस्ता किटाणुहरूले कुनै असर गर्दैन।सन् १९७१ मा डेभिड जन्मिएसँगै उनमा एससिआइडी पत्ता लागेको थियो। जसका कारण चिकित्सकहरूले उनलाई कुनैपनि प्रकारका किटाणुबाट बच्न एउटा इन्क्युवेटरमा राखे। उनी हुर्किँदै गएपछि उनलाई एउटा प्लास्टिकको क्युवभित्र सारियो। त्यस क्युवमा रहेका केही पोर्टस्हरूबाट उनका आमाबुवा तथा परिवारका सदस्यहरू उनीसँग खेल्न, उनका कपडाहरू फेरिदिन र खुवाउन सक्थे।

1-3

डेभिड हुर्कने क्रममा आमाबुवाले उनलाई आफ्नो अवस्थाको बारेमा बुझाउने प्रयास गरिरहन्थे। डेभिड धेरै समझ र साहसका साथ एक फरक परिवेशका बीच आफूलाई खुशी राख्न थाले। उनी घरभित्रका गतिविधिहरूमा भाग लिन्थे। उनी विभिन्न विदाका उत्सवहरूमा पनि सामेल हुन्थे र आफ्ना दाजुभाई तथा दिदीबहिनीहरूसँग खेल्ने पनि गर्थे। यसकारण उनको जीवन अझै सहज बन्दै गयो।

साभारः नेपाल रिडर्स

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved