स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिम दिईएको छ ।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिईएको हो ।

वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिममा ४० जना स्ट्रिड फुड व्यवसायीहरु सहभागि भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । शुक्रबारबाट सुरु भएको अभिवृद्धि तालिम शनिबार समापन हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशिनाथ घिमिरे, तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजन कुमार रिजाल र खाद्य अधिकृत निरज कट्वालले सहजिकरण गरेका छन् । तालिममा सहभागी भएका व्यवसायीहरुलाई शनिबार तालिम सम्बन्धि पुस्तक, मास्क, ग्लोब्स र प्रमाण पत्र वितरण गरिने अधिकृत सापकोटाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही वडामा भएको बताउँदै विरामी र विरामी कुरुवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे । मेयर राईले सडक छेउछाउमा विक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको बताए । मेयर राईले भने, ‘व्यवसायीहरुलाई मर्यादित, विश्वासिलो बनाउन तालिम आयोजना गरिएको हो ।’ कार्यक्रममा सम्बोधन गर्दै उपमेयर मञ्जु भण्डारीले पनि सडक छेउछाउ खाद्यपदार्थ विक्री वितरण गर्दा गुणस्तरिय खानेकुरा विक्री वितरण गर्नुपर्नेमा जोड दिइन् ।

 

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved