रंगेलीमा ३५ सय बिगाह धान नष्ट

  • कार्तिक ८, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगली/ गत सोमबार देखि तीन दिन सम्म परेको अबिरल वर्षाका कारण रंगेलीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण रंगेली क्षेत्रमा ३५ सय बिघामा लगाइएको धानखेती नष्ट भएको कृषि शाखा रंगेलीका प्रमुख बिरेन्द्र मंडलले बताए ।

उनका अनुसार मोरङको सिमावर्ती क्षेत्रको रंगेली, धनपालथान, सुनवर्सी, रतुवामाई, कानेपोखरी लगायतका क्षेत्रका अधिकांश किसानहरुले असार महिनामा सयौं बिघा जमिनमा लगाएको धान बाली अबिरल बर्षाका कारण नष्ट भएको छ । खेतमा कतै पहेंलै भएर पाकेको त कतै हरियो हुँदै गरेको धान खेतमा पानी भरिए पछि खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्षाेत्तम काफ्लेले बताए । दुख गरेर रोपिएको धान दुई दिनको हावाहुरीका कारण खेतैमा बाला मात्रै देखिने गरि हिलोले पुरिए पछि चिन्ता थपिएको कौशिला ताजपुरीया बताउँछिन् ।

मोरङमा बक्राह खोला, चिस्यान खोला, चेकाहा खोला, मरिया खोला लगायत अधिकांश खोलाको बहाव बढेपछि काटने अवस्थामा रहेको धानबाली घर भित्राउने समयमा बाली सोतर भएपछि किसानहरु चिन्तित छन् ।

गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ । अविरल बर्षा, हावा हुरीसंगै कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको सत्यनारायण ताजपुरीयाले बताए ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved