नीतिसम्मत व्यवहारमा जोड दिँदै दिवस सम्पन्न

  • कार्तिक ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ विभिन्न रचनात्मक कार्यक्रमहरूसहित नेपालमा पनि बायोइथिक्स दिवस मनाइएको छ । ‘सुसूचित सहमति’ शीर्षकमा विविध कार्यक्रमसहित सन् २०२१ को बायोइथिक्स दिवस मनाइएको हो ।
पर्याप्त जानकारीसहित सचेत भएर कुनै पनि निर्णय वा सहमति गर्दा कमजोरीको सम्भावना कम भई नीतिगत पूर्णता र सही परिणाम ल्याउन सकिन्छ भन्ने नारासहित यसपटकको दिवस मनाइएको बायोइथिक्स नेपाल एकाइका प्रमुख तथा नेपालका लागि कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बताए । एकाइद्वारा आयोजित विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजका प्रतिनिधिहरू सहभागी थिए । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरूको समापन धरानको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार भएको हो ।

कार्यक्रमका संयोजक प्रा.डा. शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि थिए । उनले यस वर्षको नाराबारे प्र्रस्ट पारेका थिए । कार्यक्रममा एकाइकी पूर्वप्रमुख प्रा.डा. रुपा राजभण्डारी सिं, नेपाल स्वास्थ्य परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली तथा बी.पी. प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले दिवसको महŒवबारे बोलेका थिए । वक्ताहरूले यस वर्षको नाराले मानवको व्यक्तिगत व्यवहारमा सुधार ल्याउने मात्र नभई समाज र राज्यस्तरमै सुसङ्गत नीतिगत व्यवहारका लागि आधार तयार हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल एकाइका सदस्य डा. अशोक ऐर, डा. सुमित शर्मा, डा. प्रसन्न सुवेदी, विद्यार्थी सङ्कायका शशांक भट्टराई र सिबिका मल्लले पनि बोलेका थिए । विद्यार्थीद्वय नवीन अधिकारी र एलिसा श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रमको अर्को सत्र अन्तत्र्रिmयात्मक थियो । सो सत्रमा प्रा.डा. संघरत्न वज्राचार्य, प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. तारा शाह, डा. रिता खड्का, डा. सरुण कोइराला, डा. किशोर गुरुङ, डा. सन्दीप शाह, डा. उज्ज्वल गौतम, खेमचन्द्र सुवेदीलगायतले स्वास्थ्य सेवा, नर्सिङ, अनुसन्धान, चिकित्सा शिक्षा, ल्याब, कानून, दन्तचिकित्सा, जनसमुदाय र मानसिक स्वास्थ्य जस्ता विविध विषयमा विश्लेषणसहित जानकारीमूलक प्रस्तुति दिएका थिए । बायोइथिक्स दिवसका अवसरमा आयोजित विविध प्रतियोगिताको परिणाम पनि कार्यक्रममा घोषणा गरिएको थियो । फोटोतर्पm डा. बोलबम रजक र अपेक्षा उप्रेती; निबन्धतर्पm ऋचा कोइराला, विजया राजभण्डारी, सागर कार्की र सन्देश काफ्ले; कवितातर्पm मानव पन्थी र सुयोग झा तथा आर्ट पोस्टरमा शशांक भट्टराई र ऋचा कोइराला पुरस्कृत भए् । नेपालका तर्पmबाट सहभागी शशांक भट्टराईको पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि दोस्रो भएको छ ।

कार्यक्रमका संयोजक तथा बीपी प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. शाक्यले बायोइथिक्सबारे छलफल र अध्ययनका यस्ता कार्यक्रम नियमित र विस्तारित हँुदै जाने आशा व्यक्त गरे । उनले यस वर्षको नाराले सबैलाई आपसमा सुसूचित र सहमत हुँदै मानवीय व्यवहारलाई नीतिसम्मत बनाउनका लागि आवश्यक चिन्तन–मनन् गर्न र अभ्यासहरू अवलम्बन गर्न घच्घच्याएको धारणा राखे ।

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि हरेक वर्ष अक्टोबर १९ मा विश्वभरि नै बायोइथिक्स दिवस मनाउने गरिएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीव विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीति–नियम (इथिक्स) बारे अध्यापन, तालिम र अनुसन्धानमा जोड दिएको छ ।

 

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved