प्रतिष्ठानको ताला खोल्न औषधी व्यवसायीको माग

  • भदौ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि लगाइएको ताला खोल्नुपर्ने औषधि व्यवसायीहरुले माग गरेका छन् ।
नेपाल औषधि व्यवसायी संघ इकाई कमिटी धरानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानको सेवा सञ्चालनमा समस्या भएको भन्दै ताला खोल्न उनीहरुले माग गरेका हुन् ।
इकाईका धरानका संयोजक मचिन्द्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिनदेखि तालाबन्दीले प्रतिष्ठान सेवामा समस्या भएको जनाएको छ ।

 

aausadhi
विश्वव्यापी कोरोना संक्रमणका अवस्थामा जनमानसमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गलत सूचना प्रवाह भएकोले अविलम्ब ताला खोली सहज वातावरण बनाउन माग गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘विगत लामो समय देखि शुद्धिकरणको नाममा प्रतिष्ठानमा संचालित आन्दोलनको कारण प्रतिष्ठानमा आश्रित व्यवसायहरुमा नकरात्मक प्रभाव पर्न गई व्यवसायहरु नै बन्द गर्नुपर्ने स्थिती सृजना भएको छ, प्रतिष्ठानको विकृति, विसंगती, अनियमितता र उत्श्रृखल कार्यले भोलि धरानकै भविष्य के हुने भन्ने विषय पनि टडकारोमा रुपमा उठन थालिसकेको छ ।’

विज्ञप्ती मार्फत प्रतिष्ठानको तालाबन्दी खोलि प्रतिष्ठान संचालनका व्यवस्था मिलाउन पहल गरिदिन धरान उपमहानगरपालिकाका मेयर सहित वडाअध्यक्षहरुलाई पनि अनुरोध गरेको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved