सुध्रिएन गुणस्तर

  • भदौ १, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु पसल सञ्चालनमा एकाध व्यवस्थित र मापदण्ड अनुरुप सञ्चालन भएपनि अधिकांश पसलमा अव्यवस्थित बधशाला, पशुको स्वास्थ्य चेकजाँच गर्ने पशु चिकित्सक, फ्रिज नराखी बेच्ने गरेको पाइए पनि धरान मासु यवसायी संघका अध्यक्ष मदन तामाङ भने विगतको भन्दा सुधार भएको दाबी गर्छन् । उनी भन्छन्, ‘हामी पनि यो अनुगमनमा संगै थियौ, विगतमा पनि समितिसंगै अनुगमनमा गएका थियौ, विगतको भन्दा यस पटक अनुगमन गर्दा सुधार भएको पायौं ।’

अनुगमनका क्रममा सुधार्न अनुरोध गर्दा मासु पसल सञ्चालकहरुले भने आर्थिक अभावका कारण सुधार्न नसकिएको बताएका थिए । उनीहरुले उपमहानगरपालिकाले व्यवसायका लागि अनुदानको रुपमा सहयोग गरिदिए व्यवस्थित गर्न सकिने बताउदै आएका छन् ।

खासगरी पशु बध गर्ने वित्तिकै फ्रिजिङ्ग नगरी प्रयोग गरिएको मासु प्रयोग गर्नु स्वास्थ्यका लाग हानिकारक भएको पशु चिकित्सकहरु बताउँछन् । त्यसमाथि पनि विना सीसा खुल्ला स्थानमा त्यसमा पनि फ्रिजिङ्ग नगरी विक्री वितरण गरिएको मासु खान योग्य नहुने धरान उपमहानगरपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक डा.विर्खराज राई बताउँछन् । उनले भने, ‘अनुगमन गरिएका मासु पसलमा खुल्ला स्थान, विना एप्रोन, माक्स, पञ्जा नलगाएको पाइएको पाइयो, यसलाई सुधार गर्नैपर्छ ।’

अनुगमन समितिकी संयोजक एवम् धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले व्यवसायिक फर्म र मासु पसलमा अनुगमन गरेको जानकारी दिइन् । उनले पनि विगतका बर्षहरुमा भन्दा यस बर्ष धेरैजसो व्यवसायिक दर्ता गरेर सञ्चालन गरेको पाइएको बताइन् । उनले मासु पसलमा पनि केही सुधार आएको दाबी गरिन् ।

उनले भनिन्, ‘गत बर्ष हामीले दशै नजिकिदै जाँदा अनुगमन गरेका थियौ, उनीहरुलाई सम्झाइ बुझाई व्यवस्थित मासु पसल सञ्चालन गर्नुस् भनेर सम्झाइएको थियो, ती मध्ये धेरैले गरेका छन् केहीले बाँकी छ, विस्तारै सुधार हुदै जान्छ ।’ आइतबार र सोमबार दुई दिन गरिएको अनुगमनका क्रममा धरानका २५ वटा फर्म तथा मासु पसलमा अनुगमन गरिएको थियो ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved