मेरिल्याण्ड कलेज देशभरमै ‘टप सेभेन’

  • साउन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ विराटनगरको मेरिल्याण्ड कलेज देशभरमै उत्कृष्ट ७ मा पर्न सफल भएको छ । दुई दशक अघिबाट शिक्षा क्षेत्रमा योगदान दिंदै आएको रङ्गेली रोडस्थित कलेज तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धानको नतिजाको आधारमा देशभरका उत्कृष्ट कलेजहरुको सूचीमा सातौ नम्बरमा पर्न सफल भएको हो ।

केही दिन अगाडि पनि केन्द्रबिन्दु नाम संचार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । ‘हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट,’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थितिलगायत मापदण्डका आधारमा राम्रा ‘प्लस टु’ छनोट गरिएको हो,’ उक्त सञ्चार माध्यमले भनेको छ ।

मेरिल्याण्ड गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक र विद्यार्थीको मन जित्न सफल छ । व्यवस्थापन संकाय मात्र पठनपाठन हुने यो कलेजमा स्थापना कालेदेखि प्लस टु कक्षा सञ्चालन गरेको थियो ।

दक्ष, एवं योग्य शिक्षकहरूबाट व्यवस्थापन संकायमात्र पठनपाठन हुने एक मात्र कलेज मेरिल्याण्ड प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल छ । प्रदेश राजधानी शैक्षिक हबको रुपमा विकास भएको परिप्रेक्ष्यमा मेरिल्याण्डको सफलता र शैक्षिक क्षेत्रमा हरेक वर्ष योगदान बढ्दो देखिएको छ ।

२०७५ सालमा मेरिल्याण्ड कलेजका छात्राद्वय पूजा शाह र निशा पोखरेलले समान ३ दशमबल ९२ जिपिए अर्थात् नेपालमै सबैभन्दा बढी नम्बर ल्याउन सफल भएका थिए । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका २ कलेजमध्येमा पर्दछ,’ कलेजका प्राचार्य लक्ष्मण ढकालले भने, ‘दक्ष, अनुभवी र सँधै माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता सूत्र हो । ’

अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल देखिएका छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षैभरि विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था गर्दै आएको छ ।

प्राचार्य ढकालका अनुसार कलेजले हरेक वर्ष रु. ६० लाख बराबरको छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । प्रदेश नं १ को पूर्व मेचीदेखि २ नम्बर प्रदेशको जनकपुर, सिरहा, सप्तरीका विद्यार्थीको रोजाईमा पनि मेरिल्याण्ड पर्ने गरेको छ । प्राचार्य ढकाल भन्छन्, “गरिब र जेहेन्दार विद्यार्थीका लागि हामीले शत प्रतिशतसम्म छात्रवृत्ती उपलब्ध गराई रहेका छौं, अतिरिक्त क्रियाकलापलाई पनि ध्यान
दिएका छौं ।”

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved