इटहरीका मेयरलाइ कार्यालय प्रवेशमा रोक "कानुनको खिल्ली उडाएको आरोप"

  • साउन २९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ खोलाको जग्गा मिचेर घर बनाएको भन्दै स्थानीयलाइ कार्यकक्षमा थुनेर बिवादमा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाइ कांग्रेसका कार्यकर्ताहरुले कार्यालय प्रवेशमै रोक लगाएका छन् ।

असोभनिय हर्कत सुधार्न नेपाली कांग्रेस इटहरीले सुझाव दिदै बिहीबार उपमहानगर अघि दर्जनौ संख्यामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले मेयर बिरूद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । कांग्रेसका कार्यकर्ताहरुले मेयर चौधरीले सार्वजनिक रुपमा माफि नमागे सम्म कार्यकक्षमा प्रवेश गर्न नदिने अडान लिएका छन् ।

कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सार्वजनिक जग्गा खोजि गर्ने भन्दै स्थानीय नागरिकलाइ अनावश्यक दुख दिएको कांग्रेसले निस्कर्ष निकालेको छ । इटहरी ४ आइतबारे स्थित स्थानीय यामप्रसाद ढकाललाइ बुधबार ऐलानी जग्गा मिचेर घर बनाएको भन्दै मेयर चौधरीले कार्यकारी अधिकृतको कोठामा ३ घण्टा थुनेका थिए । घटनाको बिरोध गर्दै इटहरी कांग्रेसले मेयर द्वारिकलाल चौधरीलाइ आफ्नो आचरण सुधार्न चेतावनि समेत दिएको छ । पदको मर्यादा नहेरी कानुनी राज्यको खिल्ली उडाएकोले उपमहानगर परिषरमा भेला भइ मेयर बिरूद्ध आन्दोलन गर्नुपरेको नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेलले बताए । उनले कानुन भन्दा माथि कोही नरहेको हुँदा उपमहानगरका मेयर चौधरीलाइ पनि नेपालको संविधानले दिएको अधिकार भित्र रहेर काम गर्न सुझाव दिएका छन ।

कांग्रेसकै नेता रोहित प्रसाइले पनि इटहरीमा मेयर चौधरीको ज्यादति बढेको आरोप लगाउदै आएका छन । उनले सार्वजनिक जग्गा खोजि अभियान भनेर काम गरे जस्तो गरी सामाजिक सञ्जालमा वाह वाह बटुल्न र सस्तो लोकप्रियताको पछि कुदेको आरोप लगाए । आक्रोशित कांग्रेसका कार्यकर्ताहरूले पैनिकै जमिन मिचेर बनाएको आफ्नै पार्टी कार्यालय भत्काएर देखाउन मेयर चौधरीलाइ चुनौति दिएका छन ।

यता मेयरद्वारा दुव्र्यवहारमा परेका याम प्रसाद ढकालले आफु कानुनी बाटो खोज्ने बताए । मेयर चौधरीले आफु माथि अमानविय हर्कत गरेको दावि गर्दै कानुनी उपचारमा लाग्ने बताए । कार्यकक्षमा बोलाइ जबरजस्ति घर भत्काउन भन्दै कागज बनाउने प्रयास गर्दा आफु नमानेपछि कार्यकारी अधिकृतको कक्षमा ३ घण्टा सम्म थुनेको आरोप लगाए ।
इटहरीका मेयर चौधरीले भने आफुले ढकाल प्रति कुनै अमानविय ब्यवहार नगरेको दावि गरेका छन । खोलाको जग्गा मिचेर घर बनाएको पाइएपछि भत्काउन आग्रह गरिएको मेयर चौधरीले बताए । उनले अब आफु एक्लै मैदानमा उत्रिसकेको अडान लिदै आएका छन ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved