रेडपाण्डा संरक्षण गर्न व्यक्तिको जग्गा किनेर सरकारलाई

  • साउन २१, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाममा लोप हुदै गएको रेण्पाण्डाको संरक्षणमा सबै पक्ष गम्भीर बनेका छन् ।
इलामको सन्दकपुर गाँउपालिका–५ मा रेडपाण्डा बासस्थान क्षेत्रमा व्यक्तिको नाममा दर्ता रहेको जमिन किनेर सरकारलाई प्रदान गरिएको छ । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको हो । रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्था मार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर डिभिजन वन कार्यालय इलामलाई प्रदान गरिएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिए ।

संस्थाले दुई वर्षमा गरेर तीन सय ५९ रोपनी, १४ आना, दुई पैसा, एक दाम जग्गा खरिद गरेर डिभिजन वन कार्यालय इलामको नाममा पास गरिदिएको छ । सन २०१९ मा चार जना व्यक्तिको नाममा रहेको एक सय ९८ रोपनी जग्गा किनेर सरकारको नाममा रजिष्ट्रेशन पास गरिदिएको हो । त्यस्तै सन २०२० मा समेत चार जना व्यक्तिको नाममा रहेको एक सय ६१ रोपनी १४ आना दुई पैसा, एक दाम जग्गा सरकारको नाममा पास गरिदिएको हो । सन्दकपुर गाउँपालिका–५ को जौबारी, कोप्चे तथा मुर्चुल डाडा क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर सरकारलाई प्रदान गरिएको खाम्दाकको भनाई छ ।

रेडपाण्डको बास स्थान आसपासमा भएको, रेडपाण्डा पाइने सामुदायिक वनको बीचमा भएको व्यक्तिको जग्गा र रेडपाण्डा आउजाउ गर्ने कोरिडोर क्षेत्रमा भएको जग्गा किनेर सरकारको नाममा पास गरिदिएको खाम्दाकले बताए । व्यक्तिबाट खरिद गरिएको जग्गामा रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाको साझेदारीमा बृक्षारोपणको काम थालिएको छ । त्यस जग्गामा रेडपाण्डाले रुचाउने प्रजातिका बिरुवाहरु लगाउन थालिएको छ । उक्त जग्गामा तारबार गरेर संरक्षण थालेपछि खालि रहेको जमिनमा मालिङ्गो लगायतका विरुवा हुर्किनथालेको र रेडपाण्डा कोरिडोर क्षेत्रमा अझैपनि व्यक्तिको नाममा खाली जग्गा रहेको र ती जग्गा समेत खरिद गर्नुपर्ने आवश्यकता रहेको खाम्दाक बताउछन । व्यक्तिबाट खरिद गरिएको जग्गालाई संरक्षण गरेर रेडपाण्डा बस्न योग्य भएपछि संरक्षणको लागि समुदायलाईनै हस्तान्तरण गरिने छ । अहिले त्यसको संरक्षण नेटवर्कले गर्ने छ । डिभिजनल वन अधिकृत इन्द्रमणि भण्डारीले पनि त्यस क्षेत्रको सामुदायिक वनहरु मार्फतनै संरक्षण गरिने वताए ।

‘यी जग्गाहरु सामुदायिक वनसंग जोडिएकै जग्गा हो, पछि सामुदायिक वनहरुलाईनै हस्तान्तरण गरेर दिगो रुपमा संरक्षण गर्ने भण्डारीको भनाई छ ।
उनले भने ‘व्यक्तिको जग्गा किनेर रेडपाण्डाको लागि संरक्षण भएपछि टुक्रिएको वासस्थानमा सुधार हुन्छ र संरक्षित क्षेत्रमा मानिसको आवत जावत घट्छ, यसले उसको कोरिडार पनि सुरक्षित हुन्छ ।’

इलामको सन्दकपुर, माइजोगमाई र इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा रेडपाण्डा पाइन्छ । त्यसमा पनि रेडपाण्डको सवैभन्दा ठूलो वासस्थान सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्छ । रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाले सन २००७ देखि रेडपाण्डाको संरक्षणमा काम गर्दै आएको छन् ।
नेटवर्कको साझेदारीमा उच्च पहाडी संरक्षण संस्थाले कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । जिल्लाको १८ सामुदायिक वनमा रेडपाण्डा संरक्षणको काम भइरहेको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved