धरान र दमक १ नम्बर प्रदेशकै कोरोना ‘हटस्पट’

  • साउन २०, २०७८
  • "कुमार लुइँटेल"
alt

विराटनगर । पछिल्लो पटक देशभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामध्ये प्रदेश नम्बर १ का आधा हुने गरेका छन् । दैनिक हुने मृत्युमध्ये आधा जसो यही प्रदेशको हुने गरेको देखिएको छ । पछिल्लो पटक काठमाण्डौ उपत्यका र अन्य प्रदेशलाई समेत पछि पार्दै प्रदेश नं १ मा अधिक थपिने गरेका संक्रमितको संख्याको आधारमा ‘हटस्पट’ बन्न पुगेको छ ।

कतिपय स्थानीय तहमा निषेधाज्ञा खुकुलो भई बजार खुलेका छन् । बाहिरी रुपमा कोरोनाको संक्रमण घटेको जस्तो देखिएर सबैतिर चहल पहल छ । तर, एक साताको तथ्यांक विश्लेषण गर्दा कोरोनाको संक्रमण र जोखिम झन् उकालो लागेको देखिन्छ ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको एक सातायताको तथ्यांह हेर्दा प्रदेशमा कोरोना संक्रमणको दर बढेको देखिन्छ । यही साउन १२ गतेदेखि १८ सम्म प्रदेशभर ७ हजार नयाँ संक्रमित थपिएका छन् ।

जबकी यो अवधिमा जम्मा २ हजार ७५६ जनामात्र कोरोना मुक्त भएका छन् । सात दिनमा कोरोनाले प्रदेश १ भर ७३ जनाको मृत्यु भएको छ ।
तथ्यांकले झापा, मोरङ र सुनसरीमा संक्रमणको संख्यासंगै फैलावट दर पनि उच्च देखाएको छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा धेरै झापामा १३२७, मोरङमा १०७२ र सुनसरीमा १०१९ जना संक्रमित थपिएका छन् ।
कोरोनाको पहिलो लहरपछि दोस्रो लहरको शुरुवातमा विराटनगर अधिक संक्रमणको चपेटामा परेको थियो । तर, केही सातायता प्रदेश नं १ को राजधानी विराटनगरमा अनुपातिक रुपमा संक्रमित थपिने क्रम घटेको छ ।

प्रदेशका मुख्य ६ वटा सहरको तथ्यांक विश्लेषण गर्दा धरान संक्रमणको हटस्पट बनेको छ । साताभर धरानमा सबैभन्दा धेरै ६२१ नयाँ संक्रमित थपिएका छन् । त्यसपछि विराटनगरमा ३५९, दमकमा ३५७, इटहरीमा २९६, बिर्तामोडमा २८६ र भद्रपुरमा १५४ नयाँ संक्रमित थपिएका छन् । संख्यात्मक हिसाबले झापामा अधिक संक्रमण देखिएपनि सुनसरीमा प्रमुख सहर धरान र इटहरीमा भने संक्रमित थपिने क्रम धेरै छ ।

कोसी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव संक्रमित थपिने क्रममा कमी नआएको बरु बढ्न थालेको बताउँदै भन्छन्,“धेरै स्थानीय तह पूर्ण निषेधाज्ञामा हुँदा मानिसहरुको आउजाउ र चहल पहल कम थियो तर खुकुलो भएसँगै हामीले पूर्वअनुमान गरेअनुसार नै संक्रमण बढ्दै गएको छ । अझै बढ्ने भएकोले जनस्वास्थ्य सम्बन्धी मापदण्ड कडाईसाथ लागू गर्न जरुरी छ ।” उनले बजार, कार्यालय, सार्वजनिक सवारी र अन्य सार्वजनिक सरोकार तथ जीवनसँग सम्बन्धित क्षेत्र पूर्ण रुपमा खोलिएकोले पनि संक्रमण फैलने मौका र अहिले खासगरी डेल्टा र डेल्टा प्लस भेरिएन्टको संक्रमण अधिक देखिएको सुनाए ।
अस्पताल भरिभराउ

पछिल्लो पटकको परीक्षणमा लक्ष्यणसहितका बिरामी अधिक देखिन थालेका छन् । अहिले पनि विराटनगरसहित कोरोना उपचार हुने प्रदेशभरका अस्पतालमा बिरामीको चाप छ । धेरै अस्पतालका बेड भरिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सरकारले तोकेको मापदण्ड पुगेका सरकारी तथा निजी गरी प्रदेशभर अस्पताल र आईसोलेसन केन्द्र गरी जम्मा ३१ स्थानमा संक्रमितको उपचार प्रबन्ध गरिएको छ । तीमध्ये जेनरल बेडमा १७६, आईसियूमा १२९, भेन्टिलेटरमा ५४,आइसोलेसन बेडमा ५०, एचडीयूमा २६८ जना उपचाररत छन् ।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार विराट मेडिकल कलेजको २५ आईसियू र ६ भेन्टिलेटर भरिएका छन् । ४५ अक्सिजन बेडमध्ये ११ वटामात्र खाली छन् । यसैगरी कोसी कोभिड अस्पतालमा २१ आईसियू र १५ भेन्टिलेटर बेड भरिएका छन् ।

६२ अक्सिजन बेडमध्ये १३ वटा खाली छन् । न्यूरो अस्पताल कोभिड युनिटमा २५ आईसियू बेडमध्ये १८ वटा खाली छन् । ८ भेन्टिलेटरमध्ये ५ खाली छन् । कोसी अस्पताल कोभिड युनिटका सबै ५ आईसियू र ५ भेन्टिलेटर बेड भरिएका छन् । ५७ अक्सिजन बेडमध्ये २४ वटा खाली छन् । १० आइसोलेसन बेडमध्ये २ वटा खाली छन् ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved