इटहरीका मेयरलाइ भ्रष्ट्राचारको आरोप, भन्छन् 'पुस्टि भए राजनीतिबाट सन्यास लिन्छु'

  • साउन १९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नगरप्रमुख द्वारिकालाल चौधरीले सपथग्रहणै क्रममा इटहरी उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त कार्यालय बनाउने उद्घोष गरेका थिए । तर पछिल्लो समयमा उनी भ्रष्टाचारकै विवादमा मुछिएका छन् ।

उनी लगायत अन्य जनप्रतिनिधिहरु उपमहानगर अन्तरगत वडा नं २ को भवन निर्माणको बिषयलाइ लिएर सर्वसाधारणलवे भ्रष्टाचार गरेको आरोप लगाएका छन् । भ्रस्ट्रचारको आरोप भवन निर्माणमा लागतको बिषयलाइ लिएर स्थानीयहरूले मेयर चौधरी र वार्ड नं २ वडाध्यक्ष हर्क मगर लगायत अन्य जनप्रतिनिधिहरूलाइ लाखौ अनियमितता गरेको आरोप लगाएका हुन । १ करोड १७ लाखमा निर्माण सम्पन्न भएको उक्त भवनको मेयर चौधरीले गत असार अन्तिम साता उदघाटन गरेका थिए । उदघाटन समारोहमा मेयर चौधरीले भवन निर्माणमा लागेको लागत विवरण सुनाउदा सबै अचम्मित भइ सामाजिक सञ्जालहरूमा विरोध सुरू भएको थियो ।

भवनकै बिषयलाइ लिएर सामाजिक सञ्जालहरूमा पनि राजनीति दलका प्रतिनिधिदेखि इटहरीका व्यवसायी तथा स्थानीयहरूले चर्काे आलोचना गर्दै आएका छन । बाहिरबाट हेर्दा ४० , ५० लाखमा सम्पन्न भइसक्ने वडा कार्यालयको भवन निर्माणमा १ करोड १७ लाख लागेको सामाजिक सञ्जालमा पोस्ट भएपछि चौतर्फी आलोचना हुदै आएको छ ।

यसैबीच भवन निर्माणमा कुनै अनियमितता नभएको भन्दै वडा कार्यालयले शनिबार दिउसो खर्च विवरण सार्वजनिक गरेको छ । वडाध्यक्ष हर्क मगर लगायतको उपस्थितिमा खर्च विवरण सार्वजनिक भएको हो । उक्त भवन प्रयास सोलुसन एण्ड बिल्डर्स प्रा.लिले ठेक्का लिएकोमा अनलाईन बोलपत्र मार्फत भ्याट बाहेक १,१४,१९,९८३.५४ रुपैयाँमा सम्भौता भएको र भ्याट बाहेक १,०४,०७,६८८.८४ रुपैयाँखर्च भएको सो कार्यालयले जनाएको छ ।

भवनको भुइँ तल्लाको क्षेत्रफल २२३२.५ वर्ग फिट र पहिलो तल्लाको क्षेत्रफल २५४१.८७ वर्ग फिट रहेको छ भने ५० फिट लम्बाई, ४६.५ फिट चौडाई रहेको यस भवनमा १४८१६ इन्चको १८ वटा पिलर छ । भवनको भूई तलामा वडा अध्यक्षको कार्यकक्षसहित ५ वटा र पहिलो तल्लामा एउटा सभा हल सहित ३ वटा कोठा रहेको कार्यलयले जानकारी दिएको छ ।सामाजिक सञ्जालहरूमा तस्विर राखेर वडा काृयालयको बदनाम गराउन खोजिएको मात्र हो वार्ड नं २ अध्यक्ष मगरले भने । स्थानीयहरूले भने जस्तो अनियमितता गरेको छैन सबै कानूनतः र अनुगमन अनुसार नै निर्माण भएको पनि वडाध्यक्ष मगरको भनाइ छ ।

यता यस बिषयमा इटहरीका मेयर द्वारिकलाल चौधरीसंग सम्पर्क गर्दा उनले वडा कार्यालयको भवन उदघाटन गर्न आफै पुगेको बताए । फेशबुकमा भने जस्तो एक रूपैया तल माथी गरेको पुस्टि भए आफु राजनीतिबाटै सन्यास लिने मेयर चौधरीले बताए । उनले भवनि निर्माण नियमित अनुगमन गरेरै छुट्याइएको बजेटको परिधि भित्र रहेको निर्माण सम्पन्न भएको दाबि गरे ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved