इलाममा खाद्यान्न पसलसमेत बन्द हुनेगरी निषेधाज्ञा

  • साउन १९, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाममा आगामीे २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेका हुन ।

प्रजिअ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्ने जनाएका हुन् । उनले आउँदो २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने भएकाले ७ दिनलाई पुग्ने खाद्यान्नसमेत सोमबार नै जोहो गर्नसमेत सबैलाई अनुरोध गरेका छन ।

यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ । तर, खाद्यान्न पसलसमेत खुला नहरनेगरी आदेश जारी गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ । परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ हजार ५ सय ९ पुगेको छ । यीमध्ये ९ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ हजार ४ सय ४८ जना निको भइसकेका छन् । ७५ जनाको निधन भएको छ । सक्रिय संक्रमितमध्ये ९ जना इन्टेन्सिभ केयर युनिट (आइसियु) र ८ जना सामान्य उपचारमा छन् भने ९ सय ६९ जना होम आइसोलेसनमा छन् । साउन १५ गते प्रशासनले आउँदो २५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । तर, केही खुकुलो रहेको निषेधाज्ञा कडा बनाइएको हो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved