विराटनगर । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याईं गर्न थालेपछि विराटनगरमा कडाई गर्न शुरु गरिएको छ ।
प्रदेश नम्बर १ को राजधानी विरानगरमा केहीयता मास्क नलाई हिंड्ने, भिड गर्ने र सरकारले तोकेका मापदण्डको बेवास्ता गर्ने क्रम बढेको पाइएको हो । प्रहीले विराटनगरमा बिहानैदेखि मास्क लगाए नलगाएको विषयमा अनुगमन गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन प्रहरी सक्रियता बढाइएको बताए । उनले भने,“मास्क नलगाई बजारमा हिंडडुल गर्ने, काम नपर्दासमेत घरबाट बाहिर निस्कने र भिड गर्ने जस्ता क्रियाकलाप रोक्न पहल थालका छौं ।” प्रहरीले विराटनगरका मुख्यम चौक र बजारमा अनुगमनलाई तिव्रता दिएको बताइएको छ ।
फिल्डमा परिचालित भएको प्रहरी टोलीले मास्क नलगाई सवारी चलाउने चालक, यात्री, बटुवा र साइकल तथ मोटरसाकइल चालकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न थालेको छ । अटेर गर्नेलाई सवारी साधनसहित आधाघण्टा होल्डमा राख्ने गरिएको छ । पछिल्लो समय विराटनगरमा दैनिक संक्रमितको संख्या घटेपनि सक्रिय संक्रमितको संख्या भने बढी छ । विराटनगरमा सक्रिय संंक्रमितको संख्या २६६७ छ । हालसम्म १२ हजार ३१ ज्नामा संक्रमण पुष्टि भएको छ मृत्यु संख्या १६० पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाबासीको नाममा सूचना जारी गर्दै पछिल्लो समय निषेधाज्ञा केही खुकुलो बनाईएसंगै कोरोना नै सकिए जस्तो गरी भिड गर्ने र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्ने गरेको पाइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाद्वारा जारी गरिएको सूचनामा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न भनिएको छ । अहिले पनि जिल्लामा दुई साढे २ हजारको संख्यामा सक्रिय संक्रमित रहेकोले जोखिम अझै उत्तिकै रहेको भन्दै तेस्रो लहरको संक्रमण आउन सक्ने विज्ञहरको चेतावनी र अवस्था भयावह हुन सक्ने भएकोले फेरि निषेधाज्ञा जस्ता बाध्यकारी उपाय अबलम्वन गर्नुपर्ने अवस्था आउनेतर्फ सर्वसाधारणलाई सचेत गराइएको छ ।
आइतबार मोरङ जिल्लाभरि ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेश नं १ भर यो संख्या ७२५ थियो ।