सुजुकीको नयाँ स्कुटर बजारमा

  • साउन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पछिल्लो समयमा नया तथा सुविधासम्पन्न स्कुटरको खोजीमा सर्वसाधारण भौतिररहेको समयमा अब भने त्यो झन्झट सएिको छ ।
नवदुर्गा अटो प्यालेसले स्कुटी पारखको चाहनालाई पूरा गरिदिएको छ । भर्खरैमात्र सुविधासम्पन्न स्कुटर नवदुर्गाले गरेसंगै अब स्कुटी पारखीको ध्यान नवदुर्गातर्फ नै आकर्षित हुन थालेको छ ।

बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नवदुर्गाले आइतबार लञ्च गरेको हो ।स धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो ।

धरानका लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटर सार्वजनिक गरेको जनाकारी दिए । उनले भने ‘यो बहुप्रतिक्षित स्कुटी हो’स्कुटी पाखरीका लागि यो अत्यन्तै लाभदायक रहेको छ ।’यो स्कुटी भारतीय बजारमा टप ३ मा रहन सफल सफल भएको उनले बताए ।

उनका अनुसार स्कुटरमा अगाडि ग्या“स सिलिन्डर अटाउने, फराकिलो सिट, आरामदायी यात्रा, अगाडिको भागमा स्टिलको कभर, मर्मत खर्च पनि अरुभन्दा कम लागतमा हुने भएकोले खरिदकर्तालाई फाइदैफाइदा हुने बताए ।

स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग, नयाँ परिमार्जित, बिएस ६ प्रविधि जडित, एफआई प्रविधि जडिट रहेको हुँदा उत्कृष्ट माइलेज समेत रहेको उनले जानकारी दिए ।

दुई भल्वयुक्त इन्जिन प्रयोग भएको स्कुटरमा इन्जिनले ६७५० आरपएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्ने गर्छ भने एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल पनि भर्न सकिने उनले जानकारी दिए । सुजुकी स्टार्ट सिष्टम प्रयोग गरिएको र किस स्टार्ट दुवै व्यवस्था रहेको स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ । मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको स्कुटरमा दुवै चक्कामा अलोय ह्वील प्रयोग गरिएको छ । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध स्कुटीको बजार मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

 

 

IMG_20210801_150757 IMG_20210801_150755 1

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved