पत्रकारद्वयको सम्झनामा श्रद्धाञ्जली सभा

  • साउन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लबका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भूमिका खेलेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गरे ।

श्रद्धाञ्जली सभा कार्यक्रममा जीवेश्वर लाखेको बारेमा पुर्व पत्रकार जनार्दन निरौला र सुरेश निरौलाका बारेमा महासंघ मोरङ सल्लाहकार शंकर खरेलले प्रकाश पारे । लाखेको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो ।

 

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved