‘लागुऔषध नियन्त्रण साझा जिम्मेवारी’ ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनबाट १५ जना छनौट

  • श्रावण २, २०७८
  • कोशीपत्र/संवाददाता
alt


धरान ।सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिहं थापाले लागु औषध नियन्त्रण गर्न समाजका हरेक क्षेत्रले साझा जिम्मेवारी लिनु पर्ने बताएका छन्।

उनले प्रहरीको मात्र सकृयतामा लागुऔषध प्रयोग र कारोबार नियन्त्रण नहुने भन्दै त्यसमा समाजका हरेक क्षेत्र उत्तिकै सक्रिय हुनुपर्ने बताए । र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’ उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका उनले लागुऔषध नियन्त्रण कुनै एक पक्षबाट मात्र नियन्त्रण नहुने र त्यसका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनमा ‘लागु औषध नियन्त्रणमा विद्यार्थीको भुमिका’ विषय राखिएको थियो । बक्ता विद्यार्थीहरुको विचार सुनेपछि एसपी थापाले अहिले विद्यार्थी स्तरमै देखिएको चेतना लागु औषध नियन्त्रणमा निकै महत्वपुर्ण हुने बताए ।

‘ अहिलेको चुनौती पनि २० बर्ष भन्दा मुनिका बालबालीहरु रहेको भन्दै उनले अब हरेक विद्यार्थीले लागुऔषध दुर्बेशन नियन्त्रणमा सक्रिय हुनु पर्ने र त्यसका लागि स्थानीय सरकारहरुले समन्व्यकारी भुमिका खेल्नु पर्ने बताए ।प्रहरी सधैभरी तपाईहरुको साथमा छ उनले भने सबैको साझा संकल्प भयो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरापलीका १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले संमृद्ध देशको परिकल्पना गर्न सृजनशील युवा पिडि आवश्यक रहेको बताए ।

आज लागु औषध ले त्यो युवा पिडिलाई बर्बाद गर्दै छ,अब आम विद्यार्थीहरुले लागु औषध विरुद्ध लाग्नु पर्ने र देशको कर्मठ बन्नुपर्ने बताए । त्यसका लागि वडा कार्यालयका तर्फबाट विद्यार्थीहरुलाई गर्नु पर्ने जस्तोसुकै सहयोग पनी गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए ।
‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनबाट १५ जना छनौट
र्याडिकल राईट नेपालले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८’को पहिलो अडिसनबाट १५ जना छनौट भएका छन् । कुल २३ जना सहभागि मध्ये १५ जना दोस्रो अडिसनका लागि छनौट भएका हुन् ।

धरान–१३ स्थित वडा कार्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनमा धरानका सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरु सहभागि थिए ।

एसइइ दिएर बसेका विद्यार्थीहरु मध्येबाट ‘एसइइ स्पिकर धरान–२०७८’ छनौट गर्न बक्तृत्वकला को आयोजना गरिएको र्याडिकल लाईट का सञ्चालक तिर्थ कार्किले जानकारी दिए ।अब दोस्रो चरणको अडिसनबाट फाइनल चरणमा विद्यार्थीहरु प्रबेश गर्ने छन् ।

प्रतियोगितामा विजयी विद्यार्थीले नगद पुरस्कार, प्लस टु का लागि निशुल्क छात्रबृद्धि देखि पचास प्रतिसत छात्रबृद्धिमा सौन्र्दय सम्बन्धि तालिम पाउने छन् ।विजेता हरुले प्लस टु को छात्रबृद्धिका लागि काठमाण्डौ को जेभियर्स केलज,धरानको धरान मेघा कलेज,सुनाखरी एकेडेमी,सियोन स्कुल तथा युएन नबोदय कलेजमा छात्रबृद्धी पाउने छन् ।

त्यसतै लेडिज विद्यार्थीहरुले आफुले चाहेको ब्युटिसियन कोर्ष ५० प्रतिसत छात्रबृद्धीमा पाउने छन् भने पुरुष विद्यार्थीले आफ्ना परिवारका महिला सदस्यहरुलाई सिफारीस गर्न सक्ने आयोजकले जनाएको छ ।

त्यसका लागि आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले छात्रबृद्धि दिने सञ्चालक कार्किले जनकारी दिए ।शनिबारको पहिलो अडिसनबाट दिपेन भण्डारी,विनिता श्रेष्ठ,रेजिना विक,कञ्चन ल्वागुन,अंकित ढुङगाना,विनोद काफ्ले,तुलशा राई,मौषम पराजुली,अस्मिता राई,सुजन श्रेष्ठ,सदिक्षा राई,रोदन राई,मनिषा नेपाली,पार्वता लिम्बु र अभिषेक राई दोस्रो चरणका लागि छनाौट भएका छन् ।

र्याडिकल लाईट नेपाल का अध्यक्ष हिमाल कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवर,सुनाखरी एकेडेमीका प्रिन्सीपल मिलन राई,नेपाल पत्रकार महासघं सुनसरीका सहसचीब भोला श्रेष्ठ लागायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको निर्णयकको जिम्मेवारी कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका छन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved