वीपीका आन्दोलनकारीले गरे वडाअध्यक्ष सँग छलफल

  • असार २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानमा २८ दिन देखि आन्दोलनरत संयुक्त संघर्ष समितीले धरानका वडाअध्यक्षहरु सँग छलफल गरेको छ ।

समितीले मंगलबार आन्दोलनको विषयमा वडाअध्यक्षहरुको धारणा बुझ्न छलफल गरेको हो । २० वटै वडाका वडाअध्यक्षहरुलाई बोलाए पनि ३ वटा वडाका अध्यक्षहरु मात्रै उपस्थित भएका थिए ।

सहभागि वडाअध्यक्षहरुले प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सहभागि वडाअध्यक्षहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए । उनका अनुसार छलफलमा वडा नम्बर १२ का वडाअध्यक्ष टंक राई, सदस्य ब्रमज्ञ भट्टराई, वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कटुवाल, १० का अध्यक्ष श्री सुब्बा, १८ की सदस्य जमुना त्रिखत्री उपस्थित भएका थिए ।

असार मसान्त भएकाले वडाअध्यक्षले उपस्थित हुन नसकेको जानकारी गराएको उनले बताए । समितीले उपस्थित जनप्रतिनिधीहरुलाई आफ्ना मागहरुको विषयमा जानकारी गराउँदै आन्दोलनलाई प्रभावकारी बनाउन ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved