लागुऔषध बिरूद्ध प्रहरीको सर्च अप्रेसन, इटहरीमा नौ दिनमा १४ जना पक्राउ

  • असार २८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । पछिल्लो केही समय यता इटहरीमा अवैध लागुऔषधको कारोबार निकै बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

सुनसरीसँग जोडिएका खुल्ला भारतीय नाकाहरूबाट हुने अवैध लागु औषधको कारोबार बढेको तथ्यांकले देखाएको छ । खुल्ला सिमानाकै कारण इनरूवा, भण्टावारी, हरिनगरा र मोरङको बिराटनगर स्थित जोगबनी नाकाबाट अवैध लागुऔषध इटहरी हुदै सुनसरीको बिभिन्न बजार सम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध बिरूद्ध अभियान चलाइरहदा नौ दिनको अन्तरालमा १४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । इटहरीको बिभिन्न स्थानबाट प्रहरीले गत असार १८ गते देखि २७ गते सम्म चलाएको अप्रेसनमा १४ जना पक्राउ परेको र उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यकीय अनुसन्धान गरिरहेको प्रहरी प्रमुख अर्जुन केशीले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न प्रकारका अवैध लागु औषध तथा खैरो हिरोइन सहित नियन्त्रणमा लिएका कारोबारीहरुलाई आइतबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गत असार २५ गते इटहरी ५ स्थित चमेना फाल्चा होटल एवंम लजबाट ४ जनालाइ अवैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा बारा निजगढ १ घर भइ हाल इटहरी ५ बस्ने १९ वर्षिय बिवेक बस्नेत, सोही स्थानका २७ वर्षिय दिपक भनिने बिरेन्द्र राईलाइ नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट प्रहरीले ५६ दशमलव २ सय ग्राम अवैध लागु औषध (खैरो हिरोइन ) तौल नाप्ने डिजिटल उपकरण एक थान, बिभिन्न कम्पनिका मोबाइलहरू ३ थान, को ३६ प ६३९६ नंको मोटरसाइकल र नगद २ सय बरामद गरेको छ ।

आइतबार नै इटहरी ४ लालिगुँरास टोल बस्ने २३ वर्षिय बिवेक खडकालाइ पनि अवैध लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २९ दशमलव ८ सग ग्राम सहित र मोबाइल सेट एक थान बरामद गरेको जनाएको छ ।
त्यस्तै प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तरगत इटहरी ५ स्थित महेन्द्र पेट्रोल पम्प नजिकैबाट २ जनालाइ अवैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाइ गत असार २७ गते पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा कोशी गाउँपालीका ५ निवासी २२ वर्षिय मनिर उदिम मियाँ र इनरूवा नगरपालिका ३ निवासी ५७ वर्षिय नारायण प्रसाद सिवाकोटी रहेको जनाएको छ । उनीहरूको साथबाट प्रहरीले निट्रोसन १ हजार ट्याब्लेट, बिभिन्न कम्पनिको मोबाइल सेट २ थान र नगद ४० हजार ५ सय रुपैया बरामद गरेको जनाएको छ ।

प्रहरीले लागुऔषध कारोबारी बिरूद्ध अप्रेसन चलाइरहँदा असार २५ गते ३ जनालाइ अवैध लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ९ का सुनिल तामाङ, सन्दिप चौधरी र प्रताप तामाङ रहेका छन । उनीहरूको साथबाट प्रहरीले जम्मा २ दशमलव ३ सय २९ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved