नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गर्दै धरानको ९ औं नगरसभा स्थगित "शनिवार पुनः बैठक बस्ने"

  • असार २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभा शनिबार पुनः बस्ने गरी स्थगित भएको छ ।
शुक्रबार सुनसरी उद्योग वाणिज्यसंघको सभाहलमा आगामी आर्थिक वर्ष २०७८÷७९को निति तथा कार्यक्रम र अर्थिक विधेयक पारित भएसगैँ शनिवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।

उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार शनिवार हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने भएको छ ।

उनका अनुसार नीती तथा कार्याक्रम, अर्थिक विधेयक र विनियोजन विधेयकमाथि केही नगरसभा सदस्यहरुले आफ्नो कुरा राखेका थिए भने नगर उप प्रमुख मञ्जु भण्डारीले उठेका प्रश्नहरुको विषयमा प्रस्ट पारेकी थिइन् ।

असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने गरि स्थगित भएको थियो । नगरसभामा आगामी आर्थिक बर्षको २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेश भएको थियो । बजेटमा सहमति हुन नसकेपछि असार २५ गतेको बैठक रोकिएको थियो । बिहीबार र शुक्रबार बिहान कार्यपालिका बैठक बसेर बजेटमा सहमति जुटाएका थिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved