धरान÷टिभिएस मोटर कम्पनीले बुधबार मार्भल्स अभेन्जर्सबाट प्ररित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड सार्वजनिक गरेको छ ।
कम्पनीले नेपालमा भएका सबै कम्पनीबाट एकैसाथ सार्वजनिक गरेको हो । कम्पनीले पूर्वका सहरबाट एकै साथ सार्वजनिक गर्ने क्रममा बुधबार धरानबाट पनि सार्वजनिक गेको हो ।
भारतको उपभोक्ता उत्पादन व्यवसायसंगको सहकार्यमा टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको हो । डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर बजारमा ल्याएको १२५ सुपरस्काड आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।
सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् ।
नया स्कुटरको लञ्च गर्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएको बताए । उनले यो स्कुटरको स्टाइटे बेजोड भएको, अन्य स्कुटरमा नभएको उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श रे ब्लुटुथ टेक्नोलोजील यसको विशेषता भएको बताए । उनले भने–‘ यो स्कुटर ग्राहकको रोजाई हुनेछ छ, हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं ।’ टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्ने उनको दाबी छ । उनी भन्छन् हामी विश्वस्त छौं सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ! ”
धरान ८ भोटेपुलमा रहेको टीभीएस सो रुम पारस अटोमोबाइल्समा यो स्कुटर पाउन सकिने उनले बताए । न्यु कृष्ण ट्रेडर्सका सञ्चालक गंगा लिम्बुले बुधबारबाट धरानको टिभिएस सो रुपमबाट टिभीएस एनटर्क १२५ सुपरस्क्वाड स्कुटरको बिक्री सुरु गरेको जानकारी दिए । उनले सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको जानकारी दिए ।