मानसिक संन्तुलन गुम्ने गरि कुटिएकी दलित गर्भवती महिलाले अझै पाइनन् न्याय

  • असार ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सिम चोरी गरेको आरोपमा छिमेकीकै कुटाईबाट मानसिक सन्तुलन गुमाउने पुगेकी गर्भवती महिलाले अझै न्याय पाउन सकेकी छैनन् ।

पिडकहरु विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न अझै आनाकानी गरिरहेको छन् भने छिमेकीहरुले गाउँको घटना गाउँ मिल्न भन्दै दबाब दिइरहेका छन् । प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगर परिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई चर्को दबाब दिइरहको छ ।

उनीहरूले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपूर्ति बापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन घरमा आएर फकाइरहेका छन् । घटना मिलापत्र गराउन केही जनप्रतिनिधि पनि लागिरहेका छन ।

शोभाकी आमा देवी दर्जीले भनिन्, ‘कुटपिट गर्नेहरूलाई जोगाउनेहरू आएर गाउँको समस्या गाउँमै मिलाउनुपर्छ नत्र भोलि मिलेर बस्न गाह्रो हुन्छ भन्दै धम्क्याइरहेका छन् हामीलाई शान्तिसँग बस्न पनि गाह्रो हुनेभो ।’

गत वैशाख ३० गते दलित महिलालाई जातीय गालीगलौज गर्दै मानसिक सन्तुलन गुमाउने गरी कुटपिट गर्ने मोरङ कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तीका बिन्दा मगर, पुष्पा मगर लगायत चारजना आरोपीविरुद्ध किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले उनीहरूलाई अझै पक्राउ गर्न आनाकानी गरिरहेको छ ।

आरोपीहरू विरुद्ध प्रहरीले जातीय भेदभाव तथा छुवाछुत ऐन कसुरमा इलाका प्रहरी पथरीले ४ असारमा किटानी जाहेरी दर्ता गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले आरोपीहरूविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेकाले सबै आरोपी चाँडै पक्राउ पर्ने बताए ।

उनले भने, ‘कसैले भन्दैमा र चाहँदैमा जघन्य अपराधमा दर्ता भइसकेको मुद्दा फिर्ता हुँदैन, ढिलो–चाँडो कानुनको नियन्त्रणमा आउनैपर्छ ।’

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved