कोभिड अस्पताल बाहिर कुरुवा घर सञ्चालन

  • असार ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ ।

धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् ।

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिए । ‘मेयर साबसँग कुरा भईरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर ? दाताहरुको नाम शिलालेखमा लेख्ने काम भईरहेको छ, अब चाडै अस्पताललाई हस्तान्तरण गर्छौ, अहिले कोभिडको कारण औपचारिक कार्यक्रम गर्न मिल्दैन, अब मेयर साबको निर्देशन अनुसार सानो अनौपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्छौ,’ अध्यक्ष अग्रवालले भने ।
उनका अनुसार १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर निर्माण भएको छ भने १८ फिट चौडाई र १२ फिटा लम्बाई भएको शौचालयसहितको बाथरुम निर्माण गरिएको छ । उक्त कुरुवा घर, शौचालय र बाथरुम १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी मेयर साबको पहलमा ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामिले निर्माण गरि दिएका हौं,’ उनले भने ।

मेयर राईले कुरुवा घरसहित शौचालय, बाथरुम निर्माण भईसकेको जानकारी दिदै अब हप्ता, दश दिनभित्रमा हस्तान्तरण गरिने बताए । ‘दुई हप्ता अघिदेखि नै कुरुवा घर सञ्चालनमा आएको छ, त्यहाँ कुरुवाहरु बस्न पनि थालेका छन्, शौचालय र बाथरुम चाँहि चार दिन अघिमात्र सञ्चालनमा आएको हो,’ मेयर राई भने । मेयर राईले सम्पूर्ण भौतिक संरचनाको पाटो पुरा भएको बताउँदै त्यहाँ आवश्यक पर्ने सामग्रीहरु पनि अस्पताललाई हस्तान्तरण गरेपछि उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

विरामीका आफन्त उर्मिला चौधरीले आफ्नो घर उदयपुरको फत्तेपुर रहेको बताउँदै भनिन्, ‘मेरो विरामी कोभिड अस्पतालमा विगत दुई हप्तादेखि भित्र छ, हामि बाहिर चौरीमा पालभित्र बसेका थियौं, शौच गर्न पनि समस्या थियो, खुल्ला रुपमा शौच गर्न बाध्य थियौं, अहिले शौचालय बनेको छ, सहज भएको छ ।’ यस्तै, गुनासो प्रदेश नं. २ बाट आएकी अनारदेवीले पनि गरिन् । अनारदेवीले आफ्नो विरामी अस्पताल भित्र रहेको धेरै दिन भएको बताउँदै बाहिर पाल मुनी रात काट्नु परेको सुनाईन् । उहाँले भन्नुभयो, ‘वर्षातको कारण अहिले हामि निर्माण भएको कुरुवा घरमा बस्न पाका छौं, कपडा धुन, नुहाउन पनि सहज भएको छ, स्वर्गमा बस्न पाए जस्तो अुनुभुति भएको छ ।’

 

196386561_516267466089155_4649625524308246100_n

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved