पाचौं दिन पनि वीपीका चिकित्सक तथा विद्यार्थीद्वारा धर्ना "अनियमितताको छानबिन नभए सम्म आन्दोलन जारी रहने चेतावनी"

  • असार ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाउदै गएको अनियमितता र भ्रष्टाचारको विषयमा अख्तियारको ध्यानाकर्षण गराउने चिकित्सकलाई उपकुलपतिले स्पष्टिकरण मागे पछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा विद्यार्थीहरुले चौथो दिन पनि दुई घण्टा धर्ना दिएका छन् ।

फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतबार प्रतिष्ठानको निति विपरित गएको भन्दै स्पष्टिकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपति विरुद्ध चिकित्सक तथा विद्यार्थीहरुले सोमबार देखि धर्ना तथा विरोध सभा गर्दै आएका छन् ।

आज पाचौं दिन पनि उपकुलपति कार्यालय अघि दुई घण्टा धर्ना दिदै विरोध सभा गरेका छन् । उनीहरुले बिहान ८ बजे देखि १० बजे सम्म धर्ना दिएका हुन् । विभिन्न फ्याकल्टी संगठनहरुको उपस्थितीमा संयुक्त संघर्ष समिती गठन गरि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले प्रतिष्ठानका उपकुलपतिले प्राध्यापक लेख्न थाले पछि उनको उपाधि माथि पनि प्रश्न उठाएका छन् । विद्यावारिधीनै नगरि प्राध्यापक लेखेको विषयमा स्पष्टिकरण दिन माग गरेका छन् ।

विरोध सभामा प्रतिष्ठानमा भइरहेको बेथितीहरुका विषयमा समेत स्पष्टिकरण दिन उपकुलपति समक्ष माग गरेका छन् । चिकित्सकलाई सोधिएको स्पष्टिकरण फिर्ता लिदै माफि नमागे सम्म आन्दोलन चलिरहने जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए ।

प्रतिष्ठानमा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन हुनुपर्ने, वीपी सुधार हुनुपर्ने लगायतका माग रहेको डा. नेपालीले बताए । मागहरु पुरा नभए सम्म आन्दोलन जारी रहने उनको भनाई छ ।

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved