बाढी पहिरोमा परि चार दिनमा १५ जनाको मृत्यु, २५ बेपत्ता

  • असार ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

सुनसरी । यस वर्षको मनसुन सुरु भएको पहिलो सातामै देशभर बाढी पहिरोमा परि १५ जनाको मृत्यु भएको छ ।

देशभरका विभिन्न ठाउँमा बाढी पहिरोमा परि ४ दिनमा बाढी पहिरोमा परेर १५ जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर मृत्यु भएका छन् ।

बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ भने डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा १५, जाजरकोटमा ७, रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्ला, डोटीमा २–२ र स्याङजामा १ जना घाइते भएका छन् ।

हाल सम्म देशभर २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाको प्रभाव परेको छ । वर्षका कारण दर्जनौं भौतिक संरचना ध्वस्त भएका छन् भने सयौं घरबार विहिन भएका छन् ।

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

खसी चोरी गर्न आएका य ...

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved