वराहक्षेत्र । कोरेना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले चतराधाम स्थित जगत गुरु पिठ क्षेत्रमा सेनिटाइज गरिएको छ ।
वराहक्षेत्र १ स्थित पिठ क्षेत्रमा नेपाली कांग्रेस मार्फत सेनिटाइज गरिएको हो ।
प्रदेश नं १ कै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको जगद गुरु पिठमा वटुक , बुद्धहरु समेत बस्ने र मानिसहरुको चहल पहल समेत हुने भएकाले पिठ सेनिटाइज गरेको सेनिटाइज अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिब रमेश कार्कीले बताए ।
संयोजक कार्कीका अनुसार पिठलाई ५० केजि आलु तथा सेनिटाइजर र माक्स समेत प्रधान गरिएको थियो । सेनिटाइजसंगै नेपाली कांग्रेसका नेताहरु नेपाल महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ , क्षेत्र नं ४ का सचिव रमेश कार्की , वराहक्षेत्र नगर सभापति नारायण नेपाल लगाएतले नेपाल राष्ट्रका प्रथम जगद गुरु बालसन्त मोहन शरण देबाआचार्यसंग देशको समसामयिक बिषयमा छलफल समेत गरेका थिए ।
३२ दिनदेखि कोरोना नियन्त्रणमा सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली सक्रमितको घरमा पुगेर आवश्यक औषधिको व्यवस्थापन गरिरहेको छ ।
अभियानमार्फत गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरिएको छ । एम्बुलेन्सका लागि संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ ।