अलैंचीको मूल्य बढे पनि किसानले लिन सकेनन् फाइदा

  • असार ४, २०७८
  • "रासस"
alt

ताप्लेजुङ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।

विगत केही वर्ष अलैंचीको मूल्यमा निरन्तर कमी भएको थियो । यस वर्ष पनि अलैंची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात् प्रतिमन ९४० किलोग्राम० २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरीद विक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् ।

अहिले अलैंचीको मूल्य वृद्धि भएर प्रतिमन ३० हजारदेखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैंचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेकाले त्यो फाइदा लिन नपाएको उनको भनाइ छ ।

यस्तै फुङ्लिङ बजारकै अलैंची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए । ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेकान व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैंची विक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट वञ्चित हुनुपरेको हो । शुरूका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैंची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा शुरूमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् । ताप्लेजुङमा भने ४ हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैंची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यस वर्ष मात्र २ हजार ९६० मेट्रिकटन अलैंची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांक अनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करीब १० देखि १५ प्रतिशतले अलैंची उत्पादन वृद्धि भएको हो ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved