उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी माहोल बढ्दै

  • असार ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर सौजन्य :आशिष भुजेल

उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा भदौं दोस्रो साता हुने तयारी छ । मिति घोषणा नभएपनि भदौं दोस्रो साता साधारणसभा हुने भएपछि आकांक्षीहरुले आफ्नो गतिबिधि अघि बढाइरहेका छन् ।
यसैबीच पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकाछन् । यो सँगै शाक्यको यस निर्वाचनका लागि पहिलो घोषणा हो । स्वतन्त्रतर्फबाट शाक्यले उम्मेद्वारी घोषणा गरेसँगै चुनाबी सरगर्मी बढेको छ ।

नेपाली कांग्रेस समर्थक ब्यापारीहरुको पकडमा रहेको उर्लाबारी उद्योग बाणिज्य संघले अध्यक्ष पदमा कसलाई टिकट दिन्छ भन्ने विषय निकै चासोको साथ हेरिएको छ । वर्तमान अध्यक्ष प्रितम खड्गीले पुनः अध्यक्ष पदमा दाबेदारी प्रस्तुत नगरेपछि पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङ र वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन्। दुबै ब्यापारीहरुमाझ परिचित र लोकप्रिय भएका कारण कांग्रेसलाई अध्यक्ष पदमा कसलाई अघि बढाउने भन्ने विषयमा दोधार देखिएको छ । ब्यापारीहरुको हितमा काम गर्न सक्नेलाई भाबी उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षमा अघि सार्न पार्टीलाई चौतर्फी दबाब छ ।

वर्तमान अध्यक्ष खड्गीले दुबै अध्यक्षका लागि सक्षम उम्मेद्वार भएको बताएका छन् । केही दिनभित्रै अध्यक्ष पदमा कसलाई अघि बढाउने भन्ने विषयमा कांग्रेसले निर्णय गर्ने तयारी भइरहेको जनाइएको छ । यता नेकपा एमाले ओली समूहबाट शेरबहादुर भण्डारी र राम थापाको चर्चा छ ।

तर, दुबैले अहिलेसम्म मुख खोलेका छैनन् । दुई मध्ये भण्डारी लोकप्रिय मानिन्छन् । यता नेकपा माओवादी केन्द्रले यामलाल रसाईलीलाई अध्यक्षमा अघि सार्ने सम्भावना छ । नेकपा एमाले नेपाल खनाल समूह भने परिस्थिति हेरेर अघि बढ्ने दाउमा छ । नेकपाबाट छिन्नभिन्न भएको नेकपा एमाले र माओवादी केन्द्रका कारण यस पटक कांग्रेस समर्थक ब्यापारीहरुलाई सहज छ । तर, कांग्रेसभित्रको आन्तरिक कलहका कारण प्रभाव पार्ने देखिन्छ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved