सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ ।
इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।
मृतक दम्पतिको पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय इटहरीले धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठााएको छ ।