भरत मोहन फाउन्डेसनद्वारा बेलबारीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

  • जेठ २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन ।

कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो ।

फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै नगर प्रमुख सुवेदीले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन ।

फाउन्डेसनले यसअघिनै पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगयतलाई स्वास्थ्य सामाग्री वितरण गरीसकेको छ ।

स्वास्थ्य सामाग्रि हस्तान्तरणमा फाउन्डेसनका सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र सुन्दरहरैचा उद्योग वाणिज्य संघका सदस्य महेन्द्र आचार्यको सहभागिता रहेको थियो ।
फाउन्डेसनले उर्लावारी लेटाङ लगायतका पालिकालाई आजै सामाग्रि हस्तान्तरण गरेको हो ।

 

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved