धरान/ कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् ।
मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ ।
सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहिर निसक्न नमिलेपछि तँराई मधेशका जिल्लाहरुका महिलाहरुले बरसाइत पर्व विहीबार घर घरमानै औपचारिक रुपमा मात्र मनाएका हुन्।
पतिको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित यो पर्व मनाउने चलन रहेको छ । दिन–रात निराहार बसेर वटवृक्ष तथा सावित्रीको पूँजा अर्चना गरेर कथा पनि सुन्ने चलन रहेको छ ।
वर र पीपल भएको बोर्टमुनि बसेर सिन्दुर, टिका, अक्षत, फूलहरु चढाएर केराउँ, चना, आँप, लिच्ची, केरा सहितको फलफूलहरु प्रसादको रुपमा अर्पण गरि सामुहिक रुपमा कथा सुन्ने चलन रहेको छ ।
तर कडाउनका कारण यस वर्ष घरमानै औपचारिक रुपमा मनाएको सुनसरीको इटहरी १२ का बर्तालु महिला मधुमाया झाले बताइन् । उनले भनिन््–‘सुरक्षित भएर आफ्नो मौलिक पर्व मनाउने काम गरियो, गत बर्ष पनि यस्तै अवस्था सिर्जना भएको थियो । उनले आगामी बर्ष यस्तो अवस्था नआओस् भन्ने कामना समेत गरिन् ।