सप्तकोसीको खुवालुङ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने प्रदेश सरकारको घोषणा

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सप्तकोसीमा अवस्थित अवरोध हटाएर जल यातायात संचालन गर्ने घोषणा गरेका थिए । यसको लागि बजेटसमेत विनियोजन भएको थियो ।

तर, विहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश नम्बर १ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गर्दै खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गरे । किराँतको धार्मिक तथा सांस्कतिक महत्वको विषयवस्तुको खोज अनुसन्धान गर्ने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।

अरुण सभ्यताको खोजी गर्ने र किराँत संस्कृतिको प्रवद्र्धन गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ । यसअघि खुवालुङ ढुंगोले पानीजहाज संचालनमा अवरोध गरेको भन्दै हटाउने योजना बनेपछि स्थानीय रुपमै विरोध भएको थियो । विरोधपछि संघीय सरकार खुवालुङ फुटाउने अथवा हटाउने अभियानबाट पछि हटेको थियो ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved