इटहरीमा सुतेकै ठाउमा महिलाको मृत्यु

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरी ४ बगैचाटोल स्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अन्दाजि ३५ वर्षकी महिला सुतेकै ठाउमा बिहीबार मृत भेटिएकी छिन ।

खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्यक्तिको घरमा डेरा बस्दै आएकी ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकी हुन ।

राति खाना खाएर सकुशल सुतेकी श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राति सकुशल सुतेकी श्रीमति बिहान मृत भेटिएपछि गाउलेहरू अचम्ममा परेका छन भने केहिले हत्या आशंका समेत गरेका छन । घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुसन्धान भइरहेकोले अहिले नै के हो भन्न नमिल्ने इटहरी प्रहरीले बताएको छ ।

मृत भेटिएकी महिलाको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि प्रतिष्ठान पठाइएको इटहरी प्रहरीले जनाएको छ ।

 

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved