प्रेम विवाह गरेका दलित युवालाई आत्महत्या गर्न बाध्य बनाइयो

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । अन्तरजातीय प्रेम विवाह गरेका भोजपुर षडानन्द नगरपालिकाका वडा नम्बर १४ बोयाका विवाह गरेका जोडीलाई छुटाएर केटालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै भोजपुरका दलित संघसंस्थाहरुले वडाअध्यक्ष झमक बहादुर रोक्का सहित पिडकलाई कारवाहीको माग गरेका छन् ।

नेपाल दलित संघका केन्द्रिय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य बविन्द रसाइली, मुक्ति समाजका केन्द्रिय सदस्य विमल रणपहेली, षडानन्द कार्यपालिका सदस्य दलित अधिकारकर्मी गोविन्द विक, मुक्ति समाजका केन्द्रिय सदस्य दुर्गा रणपहेली, दलित उत्थान ग्रामिण समाज भोजपुरका उपाध्यक्ष भुवन कुमार दर्जि, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, दलित विकाश समिती, गोगनेका सचिव टि.एल. विश्वकर्माले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

गत जेठ १० गते संगम ठटाल (परियार) ले स्थानीय नेवार थरकी एक युवतीसँग प्रेम विवाह गरेका थिए । ११ गते छलफलका लागि भन्दै प्रहरी चौकी बोलाएर वडाअध्यक्ष सहित युवतीका परिवारले जातीय विभदकै कारण छुटाउन खोजेका थिए । त्यस दिन देखि हराएका संगम जेठ १४ गते जंगलमा झुण्डिएको अवश्थामा फेला परेका थिए ।

कानुनी राज्य÷सुशासन कायम गर्ने दयित्व पाएका जनप्रतिनिधिले नै सुशासन व्यवस्थालाई हातमा लिएर सन्तुलित समाजको संरचनालाई ध्वस्त गर्न वडाअध्यक्ष उद्दत रहेको भन्दै भोजपुरका ८ वटा दलित संस्थाले विज्ञप्ती जारी गरेका छन् । घटनामा प्रहरी प्रमुख पनि मुकदर्शक बनेर घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । वडाअध्यक्षले जातीय लाञ्छना लगाउँदै केटा केटीलाई छुटाउन दबाब दिएका थिए । संगमका परिवारलाई वडाअध्यक्षले बालिका अपहरणको मुद्धा चलाउछु भन्दै छलफलका क्रममा पनि धम्काएका थिए ।

अहिले ठटालको परिवार असुरक्षित महशुस गरिरहेको छ । संगमको आत्महत्यामा वडाअध्यक्षकै संलग्नता रहेको बताएका छन् । एकातिर घटना भएको दुई साता लाग्दा पनि युवतीको बारेमा कुनै जानकारी बाहिर नल्याउन रुकुम नरसंहारको प्रतिनिधित्व त गर्दै छैन भन्दै दलित अगुवाहरुले आशंका गरेका छन् ।

अधिकार रक्षाका लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने भन्दै दलित संघसंस्थाहरुले पिडितलाई न्याय दिलाउन र घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारवाहिको सम्वन्धित क्षेत्र सँग माग गरेका छन् ।

संगमका परिवारका अनुसार केटा केटी दुवैको सहमतीमा संगमले घर भित्र्याएका थिए । सामान्य परिवारको भएकाले आफ्नो पक्षमा कसैले नबोलिदिएको परिवारले गुनासो गरेको छन् ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved