विराट नर्सिङ होममा मोडुलर आईसियु सेवा शुरु

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले १४ बेडको अत्याधुनिक मोडुलर आईसियु र ११ बेडको न्युरो सर्जिकल आईसियु संचालनमा ल्याएको छ ।

न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको मोडुलर आईसियु प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले उद्घाटन गरेका छन् ।

यसमा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रामक रोग लागेका बिरामीलाई अन्य बिरामीसँग छुट्याएर राख्न ४ वटा बेड रहेको बताइएको छ ।

बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सक्ने गरी कम्प्युटर प्रणाली जडान गरिएकोले आफन्तले स्वास्थ्य अवस्थाबारे सहजै जानकारी लिन सक्ने अस्पतालले जनाएको छ ।

आईसियुका इञ्चार्ज डा. ललित राजवंशीका अनुसार जटिल अवस्थामा बिरामीका आफन्तलाई समेत यस्तो सेवाले निक्कै राहत महशुष हुने बताए । विराट नर्सिङ होममा विभिन्न विभाग गरेर १ सय २ बेडसहितको अत्याधुनिक आईसियु सुविधा उपलब्ध भएको छ ।

 

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved