सुनसरीमा निषेधाज्ञा खुकुलो बनाइयो , बिहीबारबाट खाद्यन्नका पसलहरू खोल्न पाइने

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाइ बिहीबार देखि खुकुलो बनाउने निर्णय गरिएको छ । बुधबार बसेको ९डिसिसिएमसि०को बैठकले बिहीबारबाट लागु हुनेगरी बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म खाद्यन्नका पसलहरू खोल्न पाइने जस्ता निर्णयहरू गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रशाद ढकालको संयोजकत्वोमा बसेको बैठकले बिहीबारदेखि खाद्यन्नका पसलहरू , किराना पशल , तरकारी , फलफुल पशल बिहान १० बजे देखि दिउसो ३ बजे सम्म खोल्न पाइने निर्णय गरेको हो ।

त्यस्तै माछा मासु र दुध डायरीको हकमा भने बिहान ७ बजे देखि १० बजे सम्म र दिउसो ३ बजे देखि साझ ७ बजे सम्म खोल्न पाइने भएको छ । तरकारी तथा फलफुललाइ डुलाएर घर घर पुर्याउन दिने निर्णय भएको छ ।

यस अघि जेस्ठभर निषेधाज्ञा गर्ने निर्णय भएपनि स्थानीयस्तरमा जनजिवनको अवस्था र संक्रमणदर घटदै गएको प्रति मध्यनजर गरी खाद्यन्न ब्यवसायलाइ सुचारू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रशाद ढकालले बताए ।

त्यस्तै असार देखि नै नयाँ शैक्षिक शत्र सुरू हुने हुदा पुस्तक पसलहरू पनि बिहान १० बजे देखि दिउसो ३ बजे सम्म खोल्न पाइने भएको छ । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको अवस्थालाइ ध्यानमा राख्दै खोलिएका ब्यवसायहरूले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल अपनाएर ब्यवसाय सुचारू गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले अनुरोध गरेको छ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved