गोर्खा वेलफेयरद्वारा ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईसोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले आज ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका हुन् ।

एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अफिसर लिम्बुले आवश्यक परेको खण्डमा आईशोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश एकको २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।

मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गरे । मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरुको सेवा, आश्रीत परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताए । धरान आफैमा गोर्खा भुपुहरुको अत्यन्तै बाक्लो बस्ती भएको बताउदै मेयर राईले भने, “गोर्खा वेल्फेयर ट्रष्टले विपदको बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ ।”

धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड १९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो । मेयर राईले डेडबढी व्यवस्थापनका लागि नेपाल आर्मी र स्काउट नेपालसँग समन्वय गरिरहेको जानकारी दिए । साथै, मेयर राईले आईशोलेसनमा बसेका संक्रमित विरामीहरुको पनि स्वास्थ्य अवस्था बुझेका थिए ।

हरियाली आईशोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दिपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित विरामीहरु बसिरहेको जानुकारी दिईन । उनले भनिन्, “आईशोलेसन सेन्टरमा १४ जना संक्रमित बसेका थिए, २ जना ठीक भएर डिस्चार्ज भयो, अहिले १२ जना हुनुहुन्छ, उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।”

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved