धरानको फोहोर बोक्ने ट्याक्टरबाट झर्दा सफाइकर्मीको मृत्यु

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट झरेर सफाइकर्मीको मृत्यु भएको छ ।

फोहोर बोकेर तिनकुने तर्फ जादै गरेको अवश्थामा धरानका ४० वर्षिय बाबुराम पौडेलको मृत्यु भएको हो । को १ त ६७ नम्बरको ट्याक्टरमा रहेको उनी धरान ८ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि ट्याक्टरबाट झरेका थिए ।

धरान उपमहानगरपालिकाको फोहोर बोकेको ट्याक्टर तीब्र गतिमा रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट झरे पछि घाइते भएका उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलिले जानकारी दिए ।

उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । चालक र टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले भने ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved