फर्मा ल्याबद्वारा बराहक्षेत्रमा कांग्रेसको अभियानलाइ स्वास्थ्य साम्रगी

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । कोरोना महामारीमा नागरिकलाई स्वास्थ्य सामग्री अभाव हुन नदिन नेपाली कांग्रेस वराहक्षेत्रले शुरु गरेको अभियानमा फर्मा ल्याबहरुले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कांग्रेस बराहक्षेत्रले स्थापना गरेको कोरोना भाइरस न्युनिकरण व्यवस्थापन तथा परिचालन समितिलाई कश्यप ऋषि आयुर्वेद, आर्या फार्मा ल्याब र एमटेक फर्मा ल्यावले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

नेपाली कांग्रेस सुनसरीका आमन्त्रीत जिल्ला सदस्य समेत रहेका न्यु संगिता मेडिकलका प्रोपाइटर सुरेन्द्र प्रसाद गुप्ताको संयोजनमा कश्यप ऋषिका व्यवस्थापन राजिबकुमार देबले ७५ हजार मुल्य वरावरको सेनिटाइजर र ५ सय पिस माक्स, आर्या फार्मा ल्याबले १ हजार टेवलेट भिटामिन सि र एमटेकले उपलब्ध गराएको १५ सय टेवलेट पारासिटामोल सहित स्वास्थ सामग्री अभियानलाई उपलब्ध गराएको सुरेन्द्र प्रसाद गुप्ताले बताए ।

सामग्री बुधवार गुप्ताले नेपाली कांग्रेस महासमिति सदस्य वावुराम बिष्टलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङ, अभियानका संयोजक नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सचिव रमेश कार्की, नेपाली कांग्रेस वराहक्षेत्र नगर सहसभापति रत्नबहादुर राउत, नेपाली कांग्रेस वडा नं ६ सहसभापति तुलसी श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।

कोरोना भाइरस न्युनिकरण गर्ने उद्देश्य राखेर गठन गरेको अभियानले प्रभावकारी रुपमा काम गरिरहेकाले निरन्तरताको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सुरेस गुप्ताले बताए । यस अघि पनि उनले दुई पटक गरेर १५ हजार व्यतिगत रुपमा अभियानलाई सहयोग गरेका थिए ।

जेठ ३ गते देखि अभियानले बराहक्षेत्र नगरपालिकाको १ देखि ११ वडामा सक्रमितको घर , सार्वजनिक स्थान र जोखिम क्षेत्र सेनिटाइज गर्दै आएको छ । त्यस्तै क्वारेन्टाइनमा बसेका सक्रमितलाई भेटेर होसला प्रदान, पोष्टिक युक्त खानेकुरा प्रदान, बिरामीहरुको उपचार, अक्सिजनको व्यवस्थासंगै बिपन्न परिवारका लागि निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको छ ।

 

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved