मेष . मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ ।
बृष . वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ ।
मिथुन . समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ ।
कर्कट . व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ ।
सिंह . दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ ।
कन्या . अध्ययनमा समय दिने कोशिश गर्नुहोला । आर्थिक समस्या आउन सक्छ । शत्रुहरु सक्रिय हुनेछन् । भोजनमा सजक रहनुपर्ने छ ।
तुला . मनोरञ्जनले समय बित्नेछ । व्यवसायीक क्षेत्र सफल रहेको छ । आवस्यक साथसहयोग जुट्नेछ । कार्यले सम्मानित बनाउनेछ ।
बृश्चिक . शत्रु माथी विजय प्राप्त हुनेछ । आर्थिक लाभको संभावना छ । शरीरमा उत्साह बढेर जानेछ । मान(संमान बढ्न सक्नेछ ।
धनु . शरीर अस्वस्थ हुन सक्छ । सहयोगबाट बन्चित भइनेछ । अध्ययनमा शुन्य उपलब्धि हुनेछ । मनमा अशान्ति भैरहने छ
मकर . बोलिमा विचार पुर्याउनुहोला । पारिवारिक मतभेद हुन सक्छ । अनावश्यक खर्च बढ्न सक्नेछ । मनमा निरन्तर डर उत्पन्न हुनसक्नेछ ।
कुम्भ . नयाँ काम सुचारु गर्न सक्नुहुनेछ । आकस्मिक लाभको योग छ । साथीहरूसङ्ग भेटघाट हुनेछ । आर्थिक वृद्धिदर बढ्नेछ ।
मीन . आर्थिक समस्या आउन सक्छ । आत्मविश्वास घट्न सक्छ । धन हानी हुने संभावना छ । अध्ययनमा बिशेष जोड दिनुहोला ।