विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन ।
प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल चोरी भएको हो । यसमा संलग्नलाई पक्राउ गरिएको हो ।”
प्रहरीका अनुसार प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल चोरी भएको थियो । चोरी भएको मोटसाइकल इटहरी उपमहानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति बरामद भएको प्रहरीको भनाइ छ ।